close

यसरी खेल्नुहोस् ‘हाम्रो क्विज’, हरेक साता रिचार्ज जित्ने मौका

टेकपाना टेकपाना

माघ १८, २०७७ १८:५०

यसरी खेल्नुहोस् ‘हाम्रो क्विज’, हरेक साता रिचार्ज जित्ने मौका

काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोमा अनेकौं फिचर रहेका छन् । जसमध्ये एउटा फिचर हो, हाम्रो क्विज ।

२०७६ जेठ १५ बाट थपिएको हाम्रो क्विजमा मल्टिपल च्वाइस क्वेश्चन र प्रिडिक्ट एण्ड विनको रुपमा भाग लिन सकिन्छ । कम्पनीले विजेतालाई पुरस्कारको रुपमा रिचार्ज कार्ड तथा ज्योतिष सेवाको भौचर दिँदै आएको छ ।

पछिल्लो समय हाम्रो पात्रोले साप्ताहिक रुपमा हाम्रो क्विज सञ्चालन गर्न थालेको छ । जसमा हाम्रोपात्रोले विजेतालाई म्यासेजमार्फत जानकारी दिन्छ ।

हाल साप्ताहिक रुपमा १० जनालाई सय रुपैयाँको रिचार्ज कार्ड उपलब्ध हुने गरेकोमा आगामी दिनमा विजेता संख्या र पुरस्कार राशी थप हुनसक्ने कम्पनीले जनाएको छ ।

हाम्रो क्विजमा समय सान्दर्भिक तथा रमाइला प्रश्नहरु सोध्ने गरिएको छ । कम्पनीले रमाइलोसँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यो फिचर उपलब्ध गराएको हो ।

यदि तपाईं पनि इच्छुक हुनुहुन्छ भने हाम्रो पात्रोको होम पेजमा रहेको ‘हाम्रा सेवाहरु’ अन्तर्गत रहेको ‘हाम्रो क्विज’ मा थिचेर यसमा भाग लिन सक्नुहुन्छ । हाल साप्ताहिक रुपमा करिब एक हजार प्रयोगकर्ताले हाम्रो क्विजमा भाग लिँदै आएकाा छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१