close

द्रुतमार्गमा टेलिकमले बिछ्याएको अप्टिकल फाइबर अरूले पनि प्रयोग गर्न पाउने

टेकपाना टेकपाना

माघ १९, २०७७ १५:४२

द्रुतमार्गमा टेलिकमले बिछ्याएको अप्टिकल फाइबर अरूले पनि प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल दूरसचार प्राधिकरणले द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउँदा अन्य कम्पनीसँग सहप्रयोग गर्न मिल्ने गरी बिछ्याउन निर्देशन दिएको छ । आइतबार नेपाल टेलिकमलाई पत्र पठाउँदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले टेलिकमलाई पठाएको पत्रमा भनिएको छ, ‘काठमाडौं-तराई द्रुतमार्गमा बिछ्याउने कार्यका लागि नेटवर्कको प्राविधिक क्षमता र सह-प्रयोगको शर्त स्वीकृत गराएर मात्र निमार्ण गर्नू ।’

प्राधिकरणले टेलिकमको जवाफी पत्रमाथि टेकेर यो निर्देशन दिएको हो । यसअघि नेपाल टेलिकमले काठमाडौं-तराईं द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाली सेनासँग सम्झौता गरेको थियो ।

उक्त सम्झौता प्राधिकरणको जानकारी बिना भएको भन्दै प्राधिकरणले नेपाल टेलिकमलाई पत्र पठाएको थियो ।

दूरसञ्चार पूर्वाधार नियमावली २०७४ को नियम ११ अनुसार प्राधिकरणसँग सहमति लिएर मात्र यस्ता पूर्वाधार अघि बढाउनुपर्ने उल्लेख छ । त्यसैले नियमावलीको उलंघन भएको भन्दै प्राधिकरणले टेलिकमसँग स्पस्टिकरण माग गरेको थियो ।

प्राधिकरणको उक्त पत्रको जवाफमा टेलिकमले प्राधिकरण अन्तर्गतका आयोजनामा मात्र त्यस्तो स्वीकृती लिने गरेकाले काठमाडौं-तराई द्रुतमार्गकाे कामका लागि सञ्चार मन्त्रालय, रक्षा मन्त्रालयसँग स्वीकृती लिएर अघि बढेको बताएको थियो ।

टेलिकमको उक्त जवाफी पत्रमाथि टेकेर अहिले प्राधिकरणले सह-प्रयोगकको शर्त स्वीकृत गरेर मात्र निर्माणको कार्य अघि बढाउन निर्देशन दिएको हो ।

योसँगै अब टेलिकमले काठमाडौं-तराईं द्रुतमार्गमा बिछ्याइने अप्टिकल फाइबर नेटवर्क अन्य कम्पनीहरुले माग गरेको खण्डमा उपलब्ध गराउनु पर्नेछ । भने, त्यसको व्यवस्था नेपाल टेलिकमले गर्नुपर्नेछ ।

पत्रको अन्त्यमा प्राधिकरणले अन्य ठूला पूर्वाधारका कार्यहरुमा समेत सह-प्रयोग हुने किसिमले बनाउनुपर्ने र प्राधिकरणबाट पूर्व स्वीकृति लिएर मात्र गर्न टेलिकमलाई लागि निर्देशन दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१