close

इनोभेसन डिजिटल नेटवर्कमा नेपालका ४३ आविष्कार दर्ता

टेकपाना टेकपाना

माघ १९, २०७७ १३:३३

इनोभेसन डिजिटल नेटवर्कमा नेपालका ४३ आविष्कार दर्ता

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अतर्गत सञ्चालित नेश्नल इनाेभेसन डिजिटल नेटवर्कको अभियानमा ४३ वटा आविष्कार र ३५ जना नवप्रवर्तक जोडिएका छन् ।

स्वदेशी नवप्रवर्तकहरुको आविष्कारलाई देश तथा विदेशसम्म प्रचार गर्न नास्टले थालेको योगदान संकलन तथा नक्साङ्कनको अभियानमा अन्य नवप्रवर्तनहरु पनि जोडिने क्रममा छन् । 

नास्टको कृषि, खाद्य, स्वास्थ, शिक्षा, यातायात, आर्थिक तथा सामाजिक विकास, उर्जा, साइबर सुरक्षा, श्रम सहयोगी प्रणाली, जस्ता विभिन्न क्षेत्रमा नयाँ आविष्कार गरी समग्र विज्ञान प्रविधि क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई नास्टले पहिचान गरेको हो । 

नास्टको यो अभियानमा डा. विभलप सापकोटा, डा. योगेन्द्र शाह, रमेश शाही, किरण कुँवर, गोकर्णजङ्ग थापा, रुचितकुमार रेग्मी, डा. श्रवण कुमार मिश्रा, डा. शंकर ढकाल, विकल्प ढुङ्गाना, सौरभ थापा श्रेष्ठ र अनिल प्रधान व्यक्तिगत नवप्रवर्तककाे रूपमा जाेडिएका छन् ।

त्यस्तै कपालिक खनाल, रौनक मिश्र, रुपेश चौधरी, निकेश शर्मा, रामचन्द्र थापा, अनिल सिंह, पृथ्वी चौधरी, पंकज जापरेल, रिचान जोशी, विकास गुरुङ, बियन राउत, आयुष कसाजु, दिपकमल भुजेल, रविन गिरी, सागर श्रेष्ठ, रामचन्द्र थापा, निलेश प्रधान, उज्जवल पोखरेल, नितेशकुमार मण्डल लगायत पनि व्यक्तिगत नवप्रवर्तकहरुमा जोडिएका छन् । 

यस्तै संस्थागतरुपमा फ्युज मसिन, कारखाना प्रालि, रामलक्ष्मण इनोभेसन प्रालि, रोबोटिक्स असोशिएसन नेपाल सुदूरपश्चिम, सेलएप र स्मार्टपालिका, भर्चुअल रियालिटी, अटोमेसन डिस्इन्फेक्सन सिस्टम, इनोभेसन ग्रुप, जीआर डीजाइन एण्ड ब्युल्डर्स प्राइभेट लिमिटेड, ओरियन स्पेस, नाक्सा सोच नेपाल, रोबोटिक्स असोशिएसन अफ नेपालका नवप्रवर्तनहरु नक्साङ्कन गरिएका छन् । 

यदि तपाईं पनि नवप्रवर्तनको क्षेत्रमा संकलग्न हुनुहुन्छ र नास्टले यसलाई पहिचान गरोस् भन्ने चाहनुहुन्छ भने यस लिङ्कमा गएर आफ्नो कार्यलाई दर्ता गर्नुहोस् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१