close

‘त्यो तिमी हो ?’ फिशिङबाट २० प्रतिशत नेपाली प्रयोगकर्ताको फेसबुक अकाउन्ट ह्याक

टेकपाना टेकपाना

माघ १९, २०७७ १८:२९

‘त्यो तिमी हो ?’ फिशिङबाट २० प्रतिशत नेपाली प्रयोगकर्ताको फेसबुक अकाउन्ट ह्याक

काठमाडौं । केही समयअघि नेपालमा ‘त्याे तिमी हो ?’ भन्ने फेसबुक स्क्याम ट्रेण्डिङमा आएको थियो । नेपाली फेसबुक प्रयोगकर्ताहरुलाई लक्षित गरी सुरु गरिएको उक्त स्क्यामबाट २० प्रतिशत नेपाली प्रयोगकर्ताको फेसबुक ह्याक भएको पाइएको छ । 

साइबर सुरक्षा अनुसन्धानकर्मी पंकज ठाकुरले गरेको अनुसन्धानमा उक्त स्क्याम अमेरिकी आईपी एड्रेसबाट चलाइएको खुल्न आएको छ । साथै आईपी एड्रेस अमेरिका भए पनि होस्ट भने नेपालीहरुले नै गरेको उनले बताएका छन् ।  

उक्त स्क्याममा फेसबुक प्रयोगकर्ताहरुले आफ्नै फ्रेण्डबाट के यो तिमी हो भनेर एउटा मधुरो अश्लील थम्बनेल भएको लिङ्क म्यासेन्जरमा प्राप्त गर्दथे । त्यस लिङ्कलाई क्लिक गरेको खण्डमा युजर नेम र पासर्वड लगइन पेज खुल्थ्यो ।

त्यसमा लगइन क्रेडेन्शियल (विवरण) इन्ट्री गरेको खण्डमा फेसबुक सर्भरमा त्यो पुग्नको सट्टा कुनै अन्य थर्ड पार्टी पोर्न साइटको पेज खुल्दथ्यो । 

यसरी प्रयोगकर्ताहरुलाई ह्याक गरी उनीहरुको फेसबुक आईडी आफ्नो कब्जामा लिएर ह्याकरहरुले ती लिङ्क प्रयोगकर्ताकै साथीभाइहरुलाई फवार्ड गरिदिन्थ्यो । जसबारे फेसबुक अकाउन्ट होल्डरलाई कुनै जानकारी नै हुँदैन थियो । 

May be an image of text that says '6720993.builderall.com 65.111.191.233 URL: Submission: nDecember 3via manual (December Summary HTP 2020, GLinks . Summary GoTo Behaviour Report Indicators Similar Rescan DOM Content 器API main domain Let's months. Screenshot domains perform HTTPt transactions Beach, United States and belongs to X3 on 16th 2020. Valid ivescreenshot FullImage 6720993.builderall.com scanned times on uriscan.io simila pages on differen IPs, domains and ASNs found ShowScans urlscan.io Verdict No classification Show cans'

‘मैले उक्त स्क्याममा गहिरो अध्ययन गरेँ,’ पंकजले भने, ‘हेर्दै जाँदा अमेरिकाको आईपी एड्रेसबाट नेपालीहरुले नै त्यो स्क्याम चलाएका रहेछन् । एउटा ओपन पोर्टल थियो, जसमा २० प्रतिशत नेपालीहरु ह्याक भएको उल्लेख थियो ।’

अश्लील भिडियोको थम्बनेल पठाएपछि मानिसहरु डरले आत्तिएर त्यस्तो लिङ्क चाँडै खोल्ने गरेको पाइएको थियो ।

आफ्नो जानकारी बिना यदि कसैको फेसबुकबाट त्यस्तो किसिमको लिङ्क साथीभाइलाई फवार्ड भएको छ भने ती अकाउन्टहरु ह्याक भएको बताउँदै पासवर्ड परिवर्तन गरी टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न उनले सुझाव दिएका छन् । 

May be an image of text that says 'https://ssur.cc/Hj3ij Trace URL https://ssur.cc/Hj3ij Results of Trace 301 Redirect Trace Complete'

फेसबुकमा एकपछि अर्को फिशिङ स्क्यामहरु चलिरहने हुँदा प्रयोगकर्ताहरुको डेटा र अकाउन्ट सधै जोखिमले घेरिएको हुन्छ । यसैले आफ्नो डेटालाई सुरक्षित राख्न सूचना प्रविधि सुरक्षाबारे प्रयोगकर्ताले न्यूनतम जानकारी राख्नुपर्ने उनी बताउँछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१