close

मास्क लगाउँदा फेस अनलकले काम गरेन ? अब एप्पल वाचबाटै खुल्ने छ फोन

टेकपाना टेकपाना

माघ २०, २०७७ १२:३५

मास्क लगाउँदा फेस अनलकले काम गरेन ? अब एप्पल वाचबाटै खुल्ने छ फोन

काठमडौं । कोभिड १९ का कारण अहिले विश्वव्यापी रुपमा मास्क अनिवार्य जस्तै बनेको छ । मास्क लगाएरमात्रै हिँड्नुपर्ने अहिलेको अवस्थाले स्मार्टफोन प्रयाेगकर्तालाई केही कुरामा हैरानी दिइरहेकाे छ ।

फाेनमा उपलब्ध फेस रिकग्निशन प्रविधिले सोचेअनुसार काम गर्न नसक्दा हरेकपल्ट मास्क खाेल्नुपर्ने बाध्यता छ वा त पासवर्ड राख्नुपर्ने खालको झन्झट छ ।

यसैलाई मध्यनजर गर्दै एप्पल कम्पनीले नयाँ फिचर सहितको आईओएस १४ को नयाँ भर्सन सार्वजनिक गरेको छ ।

अर्थात आईओएस १४.५ को बेटा भसर्न कम्पनीले उपल्ब्ध गराएको छ । यो भसर्न हाल परीक्षणमा रहेकाले सीमित प्रयोगकर्तामाझ उपलब्ध भएको छ ।

अबको केही समयपछि आईओएस १४ प्रयोग गर्दै आएका प्रयोगकर्तालाई नयाँ भर्सन उपलब्ध हुने उल्लेख गरिएको छ ।

नयाँ भर्सनको आईओएसमा आईफोन प्रयोगकर्ताले मास्क लगाउँदा फोन नखुल्ने समस्या भोग्नु पर्नेछैन । हाल आईफोन ट्वेल्भ सिरिज, आईफोन एक्स, आईफोन एक्सएस, एक्सआर, आईफोन इलाभेन लगायतका डिभाइसमा फेस अनलक सिस्टम रहेको छ ।

त्यसैलाई मध्यनजर गर्दै कम्पनीले अब यी फोन एप्पल वाचको सहायताबाटै खोल्न सकिने बनाएको छ । यदि तपाईंसँग एप्पल वाच छ भने तपाईंले आईफोनमा कनेक्ट गराएर सहजै यो फिचर प्रयोगमा ल्याउन सक्नुहुनेछ ।

तर, यो फिचर स्वत: प्रयोगमा भने आउने छैन । त्यसका लागि आईफोनको सेटिङमा गएर फेस आईडी एण्ड पासवर्डमा गएर यसलाई अन गर्नुपर्ने हुन्छ । तपाईंले एप्पल वाचबाटै अनलक गर्न सकिने फिचर आईफोनबाट अन गरेसँगै वाच कनेक्ट गराएर फोन अनलक गर्न सक्नुहुनेछ ।

तर, त्यसका लागि आईफोन र वाचको दूरी भने नजिक हुनु पर्नेछ । यदि फोन पर छ भने खुल्ने छैन । अर्कोतर्फ यदि तपाईंको एप्पल वाच एक्टिभ नभएको खण्डमा पनि यसले काम नगर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१