close

‘चम्सुरीसगँ चिया गफ’ सुरु गर्दै डिशहोम

टेकपाना टेकपाना

माघ २३, २०७७ ७:१७

‘चम्सुरीसगँ चिया गफ’ सुरु गर्दै डिशहोम

काठमाडौं। डिशहोमले चम्सुरीसगँ चिया गफ प्रसारण गर्ने भएको छ । कम्पनीले आफ्नो रियालिटी टिभी च्यानल नम्बर १०२ मा हरेक शुक्रबार साँझ ७:३० बजे यो कार्यक्रम प्रसारण गर्ने भएको हो ।

विगत १५ वर्षदेखि चम्सुरीको उपनामले परिचित हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सञ्चालन गर्ने डिशहोमले जनाएको छ ।

विणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तीता मिठा, रमाइला अनि घोचपेचपूर्ण गफगाफ चियाको चुस्कीको साथमा हुनेछन । कार्यक्रमको पहिलो भाग यही माघ २३ गते प्रसारण हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१