close

नेपाल टेलिकम अन्तर्गत दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन हुने

टेकपाना टेकपाना

माघ २३, २०७७ १०:५३

नेपाल टेलिकम अन्तर्गत दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन हुने

काठमाडौं । पूर्वाधार सहप्रयोगमार्फत सेवालाई सस्तो बनाउने उद्देश्यका साथ दूरसञ्चार पूर्वाधार सेवाप्रदायक कम्पनी गठन हुने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणको सहकार्यमा गठन हुने उक्त कम्पनीको सञ्चालन भने नेपाल टेलिकमले गर्नेछ । 

नेपाल टेलिकमको १७ औं वार्षिकोत्सव समारोहमा बिहीबार कम्पनीले सार्वजनिक गरेको भावी रणनीतिमा उक्त योजना उल्लेख गरिएको छ । 

साथै आगामी दिनमा कम्पनीको कार्यशैली तथा व्यवस्थापकीय सुधारका लागि रणनीतिक व्यवस्थापन साझेदार भित्र्याउन समेत कम्पनीले पहल गर्ने भएको छ । 

आफ्नो भावी कार्ययोजना अन्तर्गत कम्पनीले फाइभजी सेवा सञ्चालनका लागि परीक्षण तथा अध्ययन गर्ने भएको छ । साथै फाइभजीको व्यवसायिक सञ्चालनका लागि प्रारुप तयार गर्ने समेत उल्लेख गरेको छ । 

कम्पनीले आफ्ना भएका पूर्वाधारहरुको अब जीआईएस मार्फत अभिलेखिकरण गर्ने भएको छ । साथै ड्राइभरलेस अप्टिमाइजेसन मार्फत मोबाइल सेवाको गुणस्तरीयतालाई निरन्तर अनुगमन तथा सुधार गर्ने समेत बताएको छ । 

यसबाहेक बिग डेटा, बीआई तथा एआईको प्रयोग गरी सेवालाई थप ग्राहक मैत्री बनाउने नेपाल टेलिकमको योजना छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१