close

बाइडेन प्रशासनले के ह्वावेमाथिको अमेरिकी प्रतिबन्ध फुकुवा गर्दै छ ?

टेकपाना टेकपाना

माघ २३, २०७७ १७:४६

बाइडेन प्रशासनले के ह्वावेमाथिको अमेरिकी प्रतिबन्ध फुकुवा गर्दै छ ?

काठमाडौं । विगत दुई वर्षदेखि ह्वावेले अमेरिकामा प्रतिबन्ध खेपिरहेको छ । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा देशको सुरक्षालाई लिएर ह्वावेलाई फाइभजी लगायतका पूर्वाधारका साथै अमेरिकी कम्पनीका उत्पादन प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

मोबाइल डिभाइसका लागि आवश्यक गुगलको एन्ड्रोइड, गुगल सर्भिस, चिपसेट लगायतका उत्पादनका लागि अमेरिकी कम्पनीसँग भर परिरहेकाे ह्वावेले त्यसयता ठूलो असर खेपिरहेको छ ।

हाल ह्वावे आफैले अपरेटिङ सिस्टम निमार्ण गरेर मोबाइल उत्पादन गरिरहेको भएता पनि मोबाइल चिप ह्वावेका लागि चुनौती बनेको छ ।

छुट्टै मोबाइल चिप निमार्णका लागि समय लाग्ने भएकाले कम्पनीले आफ्नो सब-ब्राण्ड अनर बिक्री गरिसकेको छ । भने, कम्पनीले आफ्नो व्यवसायलाई विस्तारै अन्य क्षेत्रमा विस्तार गरिरहेको छ ।

यस्तोमा नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासन ह्वावेका लागि कस्तो रहनेछ भन्ने विषय सबैका लागि चासो छ । यसअघि ट्रम्प प्रशासन अन्तर्गत वाणिज्य विभागले ह्वावेलाई कालाे सूचीमा राखेको थियो ।

अहिले उक्त विभागमा सचिवको रुपमा बाइडेनले गिना राइमोण्डोलाई चयन गरेका छन् । अब उनले ह्वावेको विषयालाई कसरी हेर्नछन् भन्ने कुरा सबैका लागि चासो छ ।

यसैबीच रिपब्लिकन पार्टीका सांसदले उनीमाथि ह्वावेको विषयमा प्रश्न गरेका छन् । जवाफ दिने क्रिममा गिनाले ह्वावेको विषयमा बाइडेन सरकार तत्कालै ह्वावेलाई कालाे सूचीबाट हटाउने विषयमा कुनै निर्णय लिन तयार नरहेको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१