close

यस्तो छ नेपाल टेलिकमको फोरजीमा चल्ने वाईफाई सेवा

टेकपाना टेकपाना

माघ २३, २०७७ २१:३१

यस्तो छ नेपाल टेलिकमको फोरजीमा चल्ने वाईफाई सेवा

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले बिहीबार फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ । यो सेवा मुलुकभरका लागि ल्याइएको कम्पनीले जनाएकाे छ ।

कम्पनीको एफटीटीएच तथा एडीएसएल सेवा नपुेको तथा वायरलेस माध्यमबाट धेरै डेटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् ।

सीपीई (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोग गरी यो सेवामार्फत सस्तो दरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड प्रयोग गर्न सकिनेछ ।

हाल यो सेवा प्रति महिना नौ सय रुपैयामा ६० जीबी, १५०० रुपैयाँमा १२० जीबी र वार्षिक ९,६०० रुपैयाँमा ७२० जीबी र १६००० रुपैयाँमा १४४० जीबीमा उपलब्ध छ ।

यसमा १६००० रुपैयाँको प्याकेज लिँदा प्रति जीबी डेटाको शुल्क ११.११ रुपैयाँमात्र पर्न आउँछ ।

टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी सेवा विस्तार गरेको छ । कम्पनीले देशका सबै जिल्लामा गरी कुल ६३१ ओटा स्थानीय तहमा फोरजी सेवा पुगेको जानकारी दिएकाे छ ।

अझै देशका १२२ स्थानीय तहका प्रयोगकर्ताले भने फोरजी सेवा प्रयोग गर्न पाएका छैनन् । कम्पनीले देशव्यापी रुपमा तीव्र गतिको वायरलेस प्रविधिको रुपमा एड्भान्स फोरजी तथा एलटीई सेवा विस्तारको काम जारी रहेको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१