close

टेलिकम भर्सेस एनसेल : कसको डेटा प्याक राम्रो ?

टेकपाना टेकपाना

माघ २७, २०७७ १३:३४

टेलिकम भर्सेस एनसेल : कसको डेटा प्याक राम्रो ?

काठमाडौं । नेपाल विश्वमै महंगो मोबाइल डेटा भएको मुलुकमा पर्ने गरेको छ । सीमित प्रतिस्पर्धाका कारण नेपालमा मोबाइल इन्टरनेट महंगो हुन पुगेको हो ।

हाल डेटा प्याक नलिएरै मोबाइल डेटा चलाउँदा प्रति एमबी नेपाल टेलिकममा एक रुपैयाँ र एनसेलमा दुई रुपैयाँ पर्ने गरेको छ । प्याकेज नलिएर चलाउँदा टेलिकम सस्तो भए पनि डेटा प्याकको परिदृश्य भने केही फरक छ ।

मोबाइल डेटाको नियमित दर महंगो भए पनि प्याकेज खरिद गर्दा भने प्रति एमबी २ देखि ३ पैसामै डेटा सुविधा प्रयोग गर्न सकिन्छ । आज हामीले नेपालका दुई ठूला मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलमध्ये कसको डेटा प्याक आकर्षक तथा सस्तो छ भन्ने विषयमा चर्चा गर्दै छौं ।

एक घण्टे प्याक

एनसेल र नेपाल टेलिकम दुवैले एक घण्टासम्म प्रयोग गर्न मिल्ने अनलिमिटेड प्याकेज ल्याएका छन् । जसमा टेलिकमले २० रुपैयाँमा एक घण्टा अवधिभर अनलिमिटेड कल, डेटा वा एसएमएस सेवा प्रयोग गर्न सकिने सुविधा दिएकाे छ ।

जब कि एनसेलमा एक घण्टाको अनलिमिटेड सेवाका लागि २२ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसमा इन्टरनेट मात्र चलाउन सकिन्छ । शुल्क र सुविधा हेर्दा एनसेलभन्दा नेपाल टेलिकमको एक घण्टे प्याकेज उपयुक्त छ ।

यसैगरी टेलिकमले एक रात मान्य अवधि रहेको अनलिमिटेड डेटा प्याकेजको मूल्य २० रुपैयाँ राखेको छ । यसमा तपाईंले एक जीबीसम्म नियमित गतिमा र त्यसपछि सीमित गतिमा डेटा प्रयोग गर्न सक्नुहुन्छ ।

यो डेटा प्याक राति ११ बजेदेखि बिहान ६ बजेको बीचमा प्रयोग गरी सक्नुपर्ने हुन्छ । त्यसैगरी एक घण्टासम्म प्रयोग गर्न सकिनेगरी अनलिमिटेड डेटा प्याक समेत लिन सक्नुहुन्छ ।

फोरजी प्याक

फोरजीको नाममा टेलिकमले एनसेलको भन्दा धेरै प्याकेजहरु बनाएको छ । दुवै कम्पनीले प्याकेजमा प्राप्त हुने कुल डेटामध्ये आधा डेटा अल टाइम र बाँकी डेटा फोरजीमा प्रयोग गर्न मिल्नेगरी यी प्याकेज डिजाइन गरेका छन् । 

टेलिकमको फोरजी प्याकेजमा एक देखि २८ दिन अवधिका प्रति एमबी ६.२५ पैसादेखि १५ पैसा प्रति एमबी पर्ने चार वटा प्याकेज उपलब्ध छन् ।

तर एनसेलले यस अन्तर्गत दुई  वटा मात्रै प्याकेज ल्याएको छ । एक दिन र तीन दिन समयावधिका ती प्याकेजका लागि प्रति एमबी १५ पैसादेखि १५.४१ पैसा पर्न आउँछ ।  मूल्य र प्यकेजको विकल्प दुवै रुपमा एनसेलको फोरजी प्याकेजभन्दा टेलिकमको प्याकेज राम्रो छ ।

अवधिटेलिकम प्याकेज/प्रति एमबीएनसेल (प्रति एमबी)
१ दिन(१००/४०० एमबी) १५/६.२५ पैसा(८० एमबी) १५ पैसा
३ दिन(२४० एमबी) १५.४१ पैसा
७ दिन(१ जीबी) १० पैसा
२८ दिन(३ जीबी) ८.६७

प्रति दिन एक जीबी डेटा 

प्रति दिन एक जीबी डेटामा दुवै कम्पनीको आआफ्नै किसिमको प्याकेज रहेको छ । यसमा टेलिकमले ३ वटा विकल्प दिएको छ ।

जसमा प्रति एमबी ३.४ पैसादेखि ४.५ पैसा पर्न आउँछ । टेलिकमको प्याकेजको लोभ्याउने पक्ष के छ भने यसमा ७ दिने र २८ दिने प्याकेजमा बोनसको रुपमा भ्वाइस सेवा उपलब्ध गराइएको छ । डेटामा मात्र राखेको एनसेलले यस अन्तर्गत एउटा मात्र विकल्प दिएको छ ।

जसमा प्रति एमबी २.६६ पैसामै मोबाइल इन्टरनेट प्रयोग गर्न सकिन्छ । डेटा मात्र चलाउन चाहनुहुन्छ भने तपाईंका लागि एनसेलको प्याकेज उपयुक्त हुनसक्छ । तर भ्वाइस समेत चाहनुहुन्छ भने तपाईंले टेलिकमलाई रोज्न सक्नुहुन्छ ।  

अवधिनेपाल टेलिकम प्रति एमबीएनसेल प्रति एमबी
१ दिन४.५ पैसा
७ दिन३.५७ पैसा (बोनस ९८ मिनेट भ्वाइस)
२८ दिन३.४ पैसा (बोनस ३९२ मिनेट भ्वाइस)
३० दिन२.६६ पैसा

अलटाइम डेटा प्याक

टेलिकम र एनसेलले उपलब्ध गराइरहेका डेटा प्याकहरु मध्ये अल टाइम डेटा प्याकमा नै सबैभन्दा धेरै विकल्प छन् । तर यस अन्तर्गतका प्रायः सबै विकल्पहरुमा एनसेलले राम्रो सुविधा अफर गरेको छ । एनसेल टेलिकमभन्दा प्रति एमबी एक दिने प्याकेजमा ३ पैसा, तीन दिने प्याकेजमा ४.७५ पैसा र साप्ताहिक प्याकमा ६ पैसा सस्तो छ । 

मासिक प्याकेजमा भने एनसेलले ३० दिन अवधि र टेलिकमले २८ दिन अवधिका प्याकेजहरु ल्याएको छ । यदि दुई दिन अवधिको फरकलाई एकछिन बर्सिने हो भने मासिक रुपमा उपब्ध प्याकेजमा समेत एनसेलले नै बाजी मारेको छ ।

यसमा एनसेलभन्दा सस्तो दरमा डेटा प्रयोग गर्न ८०० रुपैयाँमा टेलिकमको १६ जीबी प्याकेज लिनुपर्ने हुन्छ । यसमा प्रति एमबी डेटाको दर ५ पैसा पर्न आउँछ । 

अवधिटेलिकम/प्रति एमबीएनसेल/प्रति एमबी
१ दिन(१००/२५० एमबी) १५ पैसा(१५० एमबी) १२ पैसा
३ दिन(५०० एमबी) १० पैसा(८०० एमबी) ५.२५ पैसा
७ दिन(८०० एमबी) १२.५ पैसा(१.५ जीबी) ६.५ पैसा
१४ दिन(२ जीबी) ६.९५ पैसा
३० दिन(३.५ जीबी) ७.१ पैसा
३० दिन(६ जीबी) ६.६५ पैसा
३० दिन(१० जीबी) ५.९९ पैसा
२८ दिन(२.५ जीबी) ११.२ पैसा
२८ दिन(७ जीबी) ७.१४ पैसा
२८ दिन(१६ जीबी) ५ पैसा

सोसल मिडिया प्याक

सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै दुवै कम्पनीले फरक प्रकारका प्याकेजहरु ल्याएका छन् । टेलिकमले अनलिमिटेड फेसबुक युट्युव प्याकेजको नाम दिएको छ भने एनसेलले नन स्टप फोरजीको रुपमा यसलाई बजारीकरण गरेको छ । 

अवधिटेलिकम एनसेल/प्रति एमबी
१ दिन३१ रुपैयाँमा अनलिमिटेड फेसबुक
१ दिन३१ रुपैयाँमा अनलिमिटेड टिकटक
३ दिन५५ रुपैयाँमा अन लिमिटेड युट्युव
३ दिन५५ रुपैयाँमा अनलिमिटेड फेसबुक
३ दिन१५ रुपैयाँमा फेसबुक र युट्युवका लागि १ जीबी 
७ दिन१९१ रुपैयाँमा अनलिमिटेड युट्युव र फेसबुक/ ४ जीबी थप डेटा
७ दिन१२७ रुपैयाँमा अनलिमिटेड युट्युव/ ४ जीबी थप डेटा
७ दिन१२७ रुपैयाँमा अनलिमिटेड फेसबुक/ ४ जीबी थप डेटा
७ दिनअनलिमिटेड टिकटक/थप डेटा ३.१७ पैसा
३० दिनअनलिमिटेड युट्युव/थप डेटा ७.६५ पैसा 
३० दिनअनलिमिटेड फेसबुक/थप डेटा ७.६५ पैसा
३० दिनअनलिमिटेड टिकटक/थप डेटा ७.६५ पैसा

टेलिकमको डे प्याक भर्सेस एनसेलको अल्वेज अन

टेलिकम डे प्याक बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने गरी २४ घण्टा मान्य अवधि रहेको डे प्याक उपलब्ध गराइरहेको छ । दुई वटा विकल्प रहेको यो प्याक अन्तर्गत ६ पैसा र ८.३३ पैसा प्रति एमबी दरमा डेटा प्रयोग गर्न सकिन्छ । 

भोलुममूल्यप्रति एमबी
२५० एमबी१५६ पैसा
१२० एमबी१० रुपैयाँ८.३३ पैसा
टेलिकमको डे प्याक

एनसेलमा टेलिकमको डे प्याक जस्तै थोरै अवधिको तर अलिक फरक अल्वेज अन नामक डेटा प्याकेज रहेको छ । दुई वटा विकल्प रहेको यो प्याकेजमा समग्रमा प्रति एमबी २.५३ पैसा देखि २.९४ पैसामै डेटा चलाउन सकिन्छ ।

तर यसमा उपलब्ध बढी जसो डेटा राति ११ बजेदेखि बिहान ११ बजेसम्म प्रयोग गर्नुपर्ने हुन्छ भने बाँकी डेटा जुनसुकै बेला प्रयोग गर्न सकिन्छ । एनसेलको अल्वेज अन प्याकहरुमा डेटा सस्तो र बढी अवधिसम्म प्रयोग गर्न सकिने भएकाले टेलिकमको डे प्याकेजभन्दा उत्कृष्ट छन् ।

अवधिअलटाइम भोलुमराति ११-बिहान ११ सम्ममूल्यदर प्रति एमबी
१ दिन२५६ एमबी७६८ एमबी२६२.५३
३ दिन४०० एमबी१२०० एमबी४७२.९४
एनसेलको अल्वेज अन प्याक

टेलिकमको लार्ज डेटा प्याक भर्सेस एनसेलको मेरो प्लान

टेलिकमले लामो समयका लागि धेरै डेटा लिन चाहने ग्राहका लागि लार्ज अर्थात ठूलो डेटा प्याक समेत ल्याएको छ । जसमा सबैभन्दा सस्तो विकल्पको रुपमा प्रति एमबी ५ पैसामा डेटा प्रयोग गर्न सकिन्छ ।

कम अवधिका अन्य प्याकेजमा डेटा प्रयोग गर्न नपाउँदै समयावधि समाप्त भइरहेको हुन्छ । तर यसमा लामो समयावधि रहने भएकाले त्यस किसिमको चिन्ता लिइरहनु पर्दैन ।

एक पटक यस्तो डेटा प्याक लिइसकेपछि दुईदेखि चार महिना ढुक्क भइन्छ । यदि प्याक खपत नगर्दै सकिने चिन्ता छ भने अग्रिम रुपमा धेरै रकम तिर्नुपरे पनि यो तपाईंका लागि सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ । 

अवधिभोलुममूल्यप्रति एमबी
६० दिन३० जीबी१६००५.३३ पैसा
१२० दिन६० जीबी३०००५ पैसा
टेलिकमको लार्ज डेटा प्याक

नियमित धेरै डेटा खपत गर्नेहरुलाई लक्षित गर्दै एनसेलले मेरो प्लान नामक डेटा प्याक दिइरहेको छ । यस अन्तर्गतको प्याकेज लिँदा त्यसको अवधि अथवा भोलुम समाप्त भएलगत्तै तपाईंको मोबाइलमा पर्याप्त ब्यालेन्स छ भने स्वतः त्यही प्याकेज नवीकरण हुने गर्दछ ।

यो प्याकेज अन्तर्गत तपाईंले प्रति एमबी ३ पैसासम्म सस्तोमा मोबाइल डेटा प्रयोग गर्न सक्नुहुन्छ ।

अवधिडेटामूल्य रुदर प्रति एमबी
७ दिन२ जीबी९५४.७५
७ दिनननस्टप युट्युव प्लस ४ जीबी१२७३.१७
१५ दिन२ जीबी१४७७.३५
३० दिन३ जीबी२५४८.४७
३० दिन६ जीबी३८१६.३५
३० दिन१५ जीबी६३७४.२४
३० दिन३० जीबी९८०३.२७
३० दिन४० जीबी११९९
एनसेलको मेरो प्लान

एनसेलले ३० दिनभन्दा बढी अवधिका लागि कुनै पनि डेटा प्याक ल्याएको छैन । यसअर्थ कम्पनीले नियमित डेटा प्रयोग गर्न सकिनेगरी ल्याएको मरो प्लान र टेलिकमको लार्ज डेटा प्याकलाई हामीले यहाँ तुलना गर्ने प्रयास गरेका छौं ।

टेलिकमले प्याकेजको भ्यालिडिटी धेरै राखे पनि डेटाको मूल्य भने प्रति एमबी ५ पैसाभन्दा बढी छ । टेलिकमका यी प्याकेजले धेरै डेटाका लागि एकमुस्ट धेरै खर्च गर्न प्रयोगकर्तालाई कुनै पनि हिसाबले आकर्षित गर्न सक्ने देखिँदैन ।

उदाहरणको लागि एनसेलको ३० दिन भ्यालिडिटी रहेको १५ जीबी प्याकेज स्वतः नवीकरण हुँदा दुई महिनामा ३० जीबीका लागि १२७४ रुपैयाँ पर्न जान्छ । जब कि टेलिमकबाट एकमुस्ट रुपमा दुई महिनाका लागि ६० जीबी डेटा लिँदा समेत १६०० रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।

स्टे कनेक्टेड प्याक

टेलिकमले कोभिड १९ को महामारिको समयलाई लक्षित गर्दै ल्याएको यो प्याक अझै कायम छ । जुन कम्पनीका उपलब्ध डेटा प्याक मध्ये सबैभन्दा सस्तो विकल्प पनि हो । 

यसमा तपाईंले प्रति मिनेट २ पैसामै मोबाइल डेटा प्रयोग गर्न सक्नुहुन्छ । तर यसमा उपलब्ध डेटा मध्ये धेरै जसो डेटा फोरजी नेटवर्कमा मात्र प्रयोग गर्न सकिन्छ ।

यदि तपाईं फोरजी कभरेज भएको स्थानमा हुनुहुन्छ र धेरै डेटा आवश्यक पर्छ भने यो नै सबैभन्दा उपयुक्त विकल्प हो । यसमा तपाईंले चार पटक सात दिने प्याक लिँदा समेत २८ दिनका लागि जम्मा ८०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

अवधिभोलुममूल्यप्रति एमबी
५ दिन४ जीबी (१ जीबी अलनेट+ ३ जीबी फोरजी)१००२.५ पैसा
७ दिन१० जीबी (२ जीबी अल नेट+ ८ जीबी फोरजी)२००२ पैसा

टेलिकमको पोस्टपेड प्याक

टेलिकमको पोस्टपेड मोबाइल प्रयोग गर्नुहुन्छ भने हरेक महिना मोबाइलमा अनिवार्य रुपमा काटिने रेन्टल चार्जको तनाव रहिरहन्छ । त्यसका लागि न्युनतम ३८४ रुपैयाँ खर्च गर्नै पर्ने हुन्छ ।

यदि तपाईंले कुनै पनि सेवा लिनु भएन वा अन्य भ्वाइस तथा डेटा प्याक मात्र प्रयोग गर्नु भयो भने पनि छुट्टै रेन्टल चार्ज अनावश्यक रुपमा काटिने गर्दछ । 

यस्तोमा टेलिकमको पोस्टपेड प्याक तपाईंका लागि उत्तम विकल्प हो । जसमा तपाईंले ३८४ रुपैयाँको बेसिक प्याकेज लिनु भयो भने एक महिनाका लागि ८ जीबी डेटा पाउनु हुन्छ ।

जसअनुसार प्रति एमबी ४.८ पैसामा डेटा प्रयोग गर्न सकिन्छ ।  त्यसो त ५९९ रुपैयाँमा उपलब्ध प्राइम प्याकेजमा समेत ६ जीबी डेटा उपलब्ध छ । यसमा ६ जीबी डेटासँगै ४०० मिनेट अन नेट तथा ५० मिनेट अफ नेट र २०० वटा एसएमएस समेत दिइएको छ । 

एनसेलको न्यु प्लान

एनसेलको न्यु प्लान खासगरी थोरै डेटा प्रयोग गर्ने तर भ्यालिडिटी बढी चाहनेहरुलाई लक्षित गर्दै ल्याइएको हो । यसमा प्रति एमबी १३.२ पैसादेखि २९.२३ पैसा पर्ने विकल्पहरु छन् ।

झट्ट हेर्दा निकै महंगो लागे पनि यदि तपाईं त्यति धेरै सामाजिक सञ्जाल वा वेब सर्फिङ गर्नुहुन्न र अनलाइन भुक्तानीका लागि मात्र डेटा खोजिरहनु भएको छ भने यी प्याक तपाईंका लागि उपयोगी हुन सक्छन् ।

अवधिडेटामूल्य रुप्रति एमबी
३ दिन६५ एमबी१९२९.२३ पैसा
५ दिन१५० एमबी३९२६ पैसा
७ दिन२०० एमबी४९२४.५ पैसा
१० दिन३०० एमबी५९१९.६७ पैसा
१४ दिन४०० एमबी६९१७.२५ पैसा
२१ दिन५५० एमबी७९१४.३६ पैसा
३० दिन७५० एमबी९९१३.२ पैसा
एनसेलको न्यु प्लान

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१