close

रिभ्यू : यस्तो छ सामसङको पछिल्लो फाइभजी फोन ग्यालेक्सी एस २१ अल्ट्रा

प्रज्ञा खनाल प्रज्ञा खनाल

माघ २७, २०७७ १२:२१

रिभ्यू : यस्तो छ सामसङको पछिल्लो फाइभजी फोन ग्यालेक्सी एस २१ अल्ट्रा

काठमाडौं । आज म सामसङको लेटेस्ट तथा हटेस्ट फ्ल्यागशिप फोन सामसङ ग्यालेक्सी एस २१ अल्ट्राको रिभ्यू गर्दैछु । सामसङले यस फोनमा नयाँ स्ट्याण्डआउट फिचर समावेश गरेको छ ।

अब म तपाईंलाई यी फिचरहरुको बारेमाअ जानकारी दिनेछु । मैले गत हप्ता यसको अनबक्सिङ गरेको थिएँ, जसमा यस फोनको डिजाइन र स्पेसिफिकेसनका बारेमा चर्चा गरिएको थियो । आज चाहिँ म यसको विस्तृत रिभ्यू गर्दैछु । 

सबैभन्दा पहिले यस फोनको डिजाइनको कुरा गरौं । यस फोनको डिजाइन एकदमै स्लिक र प्रिमियम छ । विशेषगरी यसको क्यामेरा मोड्युल, जुन चाहिँ फोनको कर्नरसँगै मर्ज भएर बसेको छ ।

फोनको ब्याक प्यानल पनि एकदमै स्मुथ, म्याट फिनिस छ, जसले यो फोन अझै धेरै प्रिमियम देखिन्छ । अनि यसमा हातको दाग, फिङ्गरप्रिन्ट लगायतका स्मजेजहरु केही पनि बस्दैन ।

तौलको हिसाबले यो फोन अलिक गह्रुङ्गाे नै छ । यसको डिस्प्ले पनि अलिक ठूलै छ । तर बोक्न भने अप्ठ्यारो छैन । किनभने यसको मोटाइ सानो छ । 

यस फोनको एउटा नराम्रो पक्ष भनेको यसमा माइक्रोएसडी कार्ड स्लट छैन । त्यसैले तपाईंले स्टोरेज बढाउन सक्नुहुन्न । फोनको इनब्युल्ट स्टोरेज मात्र तपाईंले प्रयोग गर्नुपर्छ ।

यस्तोमा यदि तपाईंले १२८ जीबी स्टोरेज भेरियन्टको मोडल लिनुभयो भने 8K भिडियो र १०८ मेगापिक्सेलको फोटो लिनसक्ने क्यामेराका लागि त्यति स्टोरेज पर्याप्त नहोला । यस्तोमा तपाईंसँग पैसा थपेर धेरै स्टोरेज भएको भेरियन्ट लिने बाहेक अन्य विकल्प हुँदैन । 

यस फोनको अर्को एउटा महत्वपूर्ण हाइलाइटेड फिचरको कुरा गर्दा, यसको डिस्प्ले । यसमा ६.८ इन्चको डिस्प्ले छ जसमा १० देखि १२० हर्जसम्मको एडप्टिभ रिफ्रेस रेट छ । सामसङको यो पहिलो फोन हो जसमा क्वाड एचडी रिजाेलुसनमा पनि तपाईंले १२० हर्जको रिफ्रेस रेटको प्रयोग गर्नसक्नुहुन्छ ।

यसका लागि तपाईंले एडप्टिभ र स्ट्याण्डर्ड रिफ्रेस रेटमा एउटा चयन गर्नुपर्ने हुन्छ । एडप्टिभमा तपाईंको फोनमा के डिस्प्ले भइरहेको छ त्यसको आधारमा फोन आफैले रिफ्रेस रेट चयन गरिदिन्छ भने स्ट्याण्डर्डमा ६० हर्जको रिफ्रेस रेट तपाईंले पाउन सक्नुहुन्छ ।

मैले यो फोन जतिदिन चलाएँ, कुनै दिन पनि ल्याग हुने, जर्क हुने समस्या देखेको छैन । डिस्प्ले एकदमै शार्प छ अनि स्क्रोलिङ पनि एकदमै स्मुथ । फोनमा १५ सय निट्सको ब्राइटनेस छ ।

यसको अर्थ फोन जतिसुकै चर्को घाममा चलाए पनि यसको डिस्प्ले डल हुँदैन । मज्जाले स्क्रिन देख्न सक्नुहुन्छ । फोनको कलर रिफ्रोडक्सन पनि एकदमै राम्रो छ, भिडियो हेर्दाको अनुभव एकदमै रमाइलो हुन्छ ।

अडियो क्वालिटी पनि राम्रो छ एकदमै क्रिप्स, क्लियर र ठूलो । स्क्रिन मोडलाई भिभिड राख्ने की नेचरल राख्ने भन्ने अप्सन पनि चयन गर्नसक्नुहुन्छ । भिभिडमा अलिक स्याचुरेटेड, रंगिन र भाईब्रेन्ट डिस्प्ले हुन्छ भने नेचरलमा अलिक डिस्याचुरेटेड डिस्प्ले हुन्छ । 

फोनको दुवैतिर कोर्निङ गोरिल्ला ग्लास भिक्टसको प्रोटेक्सन राखिएको छ, जुन अहिलेसम्मकै टफ ग्लास प्रोटेक्सन हो । त्यसमाथि वाटर रेसिस्टेन्स र डस्ट रेसिस्टेन्सको आधारमा फोन आइपी६८ रेटेड छ । यसको अर्थ फोनलाई पानी र धुलोले केही असर गर्दैन ।

त्यसको अर्थ फोनलाई जानी जानी पानीमा हाल्ने काम भने नगर्नुहोला । यसको अर्थ भनेको डेढ मिटरको गहिराइसम्म फोन ३० मिनेटसम्म बस्न सक्छ भनेको हो । 

अब फोनको अर्को राम्रो पाटो यसको पर्फमेन्सको कुरा गरौं । यस फोनमा पाँच एनएम प्रोसेसमा बनेको एक्जीनस २१०० चिपसेट प्रयोग गरिएको छ । गत वर्षको एक्जीनस ९९० सँग यसको बेन्चमार्क तुलना गर्ने हो भने यसको पर्फमेन्स एक्जीनस ९९० को भन्दा निकै नै राम्रो भएको देखिन्छ ।

तर यो फोन कुनै क्षेत्रमा स्नापड्रागन ८८८ चिपसेटको साथमा आउँछ भने कुनै क्षेत्र जस्तै नेपाल, भारतमा एक्जीनस २१०० चिपसेटको साथमा आउँछ । अब स्नापड्रागन ८८८ र एक्जीनस २१०० मा कुन राम्रो भन्ने कुराको बजारमा एकदम चर्चा छ आजभोली । धेरैलाई यो जिज्ञासा पनि छ ।

म यसबारेमा केही भन्न सक्दिन किनभने मैले स्नापड्रागन ८८८ चिपसेट अहिलेसम्म प्रयोग गरेको छैन । तर आशा छ यी दुईटा चिपसेटबीच तुलना गर्दा खासै धेरै फरक नआउला । 

यस्तै यो फोनको रियल लाइफ युसेज हेर्दा मलाई एकदमै रेस्पोन्सिभ र छिटो लाग्यो । एपहरु लन्च हुन, लोड हुन समय नै लाग्दैन । गेम खेल्दा पनि एकदमै स्मुथ छ । मैले यसमा यसमा पब्जी खेलेर हेरेको थिए । उपलब्ध म्याक्सिमम सेटिङमा गेम खेल्दा पनि गेम ल्याग हुने, डिभाइस तात्ने कुनै समस्या देखिनँ ।

एउटा चित्त नबुझेको कुरा भनेको यसमा अल्ट्रा एचडी ग्राफिक्समा गेम खेल्न मिलेन । त्यो बाहेक भनेको यसको समग्र गेमिङ अनुभव अत्ति नै राम्रो छ । ठूलो डिस्प्ले, स्मूथ गेमप्ले, भिभिड कलर रिप्रोडक्सन, राम्रो अडियो गुणस्तरीयता, डिभाइस नतात्ने अनि घण्टौं गेम खेल्दा पनि ब्याट्री मज्जाले टिक्ने ।

यसमा ५००० एमएएचको ब्याट्री छ । तपाईंले म्याक्सिमम सेटिङमा फोनलाई दिनभरी चलाउनुभयो भने पनि एक दिन त ब्याट्री मज्जाले टिक्छ ।

अब यसको क्यामेराको कुरा गरौं । यस फोनमा जम्मा पाँचवटा क्यामेराहरु छन् । यसमा ४० एमपीको सेल्फी क्यामेरा छ जसले ३० वा ६० एफपीएसमा फोर के भिडियो खिच्न सक्छ । यसको सेल्फी एकदम क्लियर र सार्प आउँछ जसमा कुनै गुनासो नै छैन । भिडियो पनि एकदमै स्मुथ छ ।

भ्लगिङका लागि यसको क्यामेरा एकदम उपयुक्त छ । त्यस्तै यस फोनमा १०८ मेगापिक्सलको प्राइमेरी क्यामेरा छ । १२ मेगा पिक्सेलको अल्ट्रा वाइड, १० मेगापिक्सलको तीन गुणा अप्टिकल जूम र १० मेगापिक्सलकै १० गुणा पेरिस्कोप लेन्स । व्यक्तिगत रुपमा मलाई यसबाट लिएका फोटोहरु अलिक बढी भाइब्रेन्ट र स्याचुरेटेड लाग्यो ।

तर समग्र फोटो क्वालिटी एकदमै राम्रो छ । फोटोहरु शार्प र क्लियर आउँछ । यति मात्र होइन १० गुणा जूम तस्वीर पनि एकदमै सार्प र सफा आउँछ । तर सय गुणा जूम तस्विर चाहिँ अलिक ब्लर हुन्छ र उपयोगी हुँदैन । फोनले पोट्रेट सट्स पनि राम्रो खिच्छ ।

तर पोट्रेट सटलाई प्रोसेस गर्दा भने केही समय लागेको अनुभव हुन्छ । यसबाहेक फोनको क्यामेरालाई प्रो मोडमा सेटिङ गरेर पनि आफै फोटो तथा भिडियो खिच्न सक्नुहुन्छ । २४ एफपीएसमा यस फोनबाट आठ के भिडियो लिन सकिन्छ । तर त्यसले तपाईंको मेमोरी स्पेस भने धेरै खान्छ ।

त्यस्तै ६० मा ३० एफपीएसमा फोर के भिडियो लिन सकिन्छ । भिडियो क्वालिटी एकदम राम्रो छ । सट्सहरु सबै स्टेबल छन् । समग्र हेर्दा यसको क्यामेरा पर्फमेन्स बजारमा आउने अन्य एन्ड्रोइड फोनहरुको जित्ने खालकै छ । 

पर्फमेन्समा होस् वा डिस्प्लेमा, क्यामेरामा होस् वा डिजाइनमा फोनमा खोट लगाउने ठाउँहरु एकदमै कम छ । तर यस फोनको एउटा बेफाइदा भनेको यसको मूल्य १ लाख ५४ हजार ९९९ रुपैयाँ पर्दछ ।

जुन एकदमै महङ्गो हो । तर यदि तपाईं एउटा सबै काम स्मुथली गर्न सक्ने हाई इण्ड फोन हेर्दै हुनुहुन्छ भने यो फोन म तपाईंहरुलाई रेकमेन्ड गर्छु । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१