close

‘भिडियोमा देखिएको तपाईं हो’ भन्ने म्यासेजबाट ५ लाख फेसबुक प्रयोगकर्ताको डेटा चोरी

टेकपाना टेकपाना

माघ २८, २०७७ १३:१२

‘भिडियोमा देखिएको तपाईं हो’ भन्ने म्यासेजबाट ५ लाख फेसबुक प्रयोगकर्ताको डेटा चोरी

काठमाडौं । हामीमध्ये धेरैले आफ्नो साथीभाइबाट म्यासेन्जरमा एउटा धमिलो भिडियोको थम्बनेलमा यो तिमी हो ? अथवा ‘भिडियोमा देखिएको तपाईं हो’ भनेर म्यासेज आएको हुनसक्छ । उक्त म्यासेज आएपछि कतिपयले क्लिक गरेर खोलेको पनि हुनसक्छ ।

यसरी क्लिक गर्दा हुनसक्ने जोखिमको ख्याल नगर्दा लाखौं प्रयोगकर्ताको जानकारी ह्याकरको हातमा पुगको छ । साइबरन्युजले गरेको अध्ययन अनुसार उक्त स्क्यामबाट करिब ५ लाखभन्दा बढी प्रभावित भएका छन् ।

उक्त म्यासेजनमा आएको भिडियोमा एउटा युआरएल लिङ्क रहेको छ । त्यसमा क्लिक गर्दा एउटा फेसबुक लगइन पेज जस्तो बक्स पपअप हुन्छ । तर वास्तवमा यो कुनै फेसबुकको लगइन पेज नभएर स्क्याम हो ।

जसमार्फत प्रयोगकर्ताको लोकेशन, ईमेल, नाम, सम्पर्क नम्बर, डिभाइसको जानकारी, मोबाइलको अपरेटिङ सिस्टम लगाएको जानकारी संकलन गरेको उल्लेख गरिएको छ ।

त्यतिमात्रै नभएर कतिपय प्रयाेगकर्ताकाे हकमा फेसबुक एक्सेसका लागि आवश्यक सम्पूर्ण जानकारी समेत लिइएको जनाइएको छ ।

अध्ययन अनुसार यो स्क्याम सुरु भएको सन् २०२० को जनवरीबाट हो । उक्त समयदेखि हालसम्म ४ लाख ८० हजारको डेटा संकलन भएको छ ।

त्यसमा सबैभन्दा बढी जर्मनीका प्रयोगकर्ता रहेका छन् । ४ लाख ८० हजार मध्य ७७ प्रतिशत जर्मनीका प्रयोगकर्ता रहेको उल्लेख गरिएको छ ।

भने, एन्ड्रोइड टेन प्रयोग गर्ने प्रयोगकर्ता सबैभन्दा बढी प्रभावित भएका छन । भने, दोस्रो नम्बरमा एप्प्लको आईओएस १४.३ का प्रयाेगकर्ता निशानाा परेका छन् ।

त्यस्तै ब्राउजरको आधारमा क्रोम ब्राउजरका प्रयोगकर्ता सबैभन्दा बढी प्रभावित भएको अध्ययन प्रतिवेदनले देखाएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१