close

६००० एमएएच ब्याट्री भएको रेड्मी ९ पावर नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ २८, २०७७ १६:५७

६००० एमएएच ब्याट्री भएको रेड्मी ९ पावर नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमी ६००० एमएएच ब्याट्री क्षमता भएको रेड्मी नाइन पावर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले ४८ मेगापिक्सेलको मेन क्यामेरा सहित पछाडि भागमा चार वटा क्यामेराको सेटअप सहितको नयाँ स्मार्टफो नेपाल भित्र्याएको हो ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो वर्ष साओमी नेपालका लागि अभुतपूर्व रहेको बताए । उनले भने, ‘रेड्मी नाइन पावर सार्वजनिक भएसँगै उपभोक्ताले आफ्नो आवश्यकताका लागि कुनै सम्झौता गर्नुपर्ने छैन ।’

क्यामेरा

रेडमी नाइन पावरमा ४८ मेगापिक्सेलको मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेट अप दिइएको छ । जसमा सामसङ जीएम वान सेन्सर र १२० डिग्री फिल्ड अफ भ्यू भएको ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेको छ ।

साथै यसमा दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र दुई मेगापिक्सेलकै डेप्थ सेन्सर रहेको छ । फोनमा रहेको मियूआई १२ ले क्यामेरा एप्लिकेशनमा मुभि फ्रेम, टाइम ल्याप्स, नाइट मोड र कलर फोकसलाई थप प्रभावकारी बनाएको छ । फोनमा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रण्ट क्यामेरा राखिएको छ ।

ब्याट्रीः

रेड्मी नाइन पावर कम्पनीको पहिलो यस्तो स्मार्टफोन हो, जसमा ६००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ । यो फोन एकपटक फुल चार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

फोनमा प्रयोग गरिएको विशेष ऐलाइले ब्याट्री क्षमतामा भएको वृद्धिले स्मार्टफोनको तौल बढ्न दिँदैन । रेडमी नाइन पावरमा १८ वाट फास्ट चार्जिङको सपोर्ट रहेको छ ।

जसले ३० मिनेट चार्ज गर्दा १४ घण्टा भिडियो कलिङ गर्न सकिन्छ । यसमा राखिएको ईएलबी (इनह्यान्स्ड लाइफस्प्यान ब्याट्री) प्रविधिले ब्याट्रीको आयू ३ वर्षसम्मको बनाउने बताइएको छ ।

अन्य स्पेसिफिकेसन

रेड्मी नाइन पावरमा अक्टा–कोर क्वालकम स्नापड्रागन ६६२ प्रोसेसर र ६.५३ इन्च ‍फुल एचडी प्लस डिस्प्ले दिइएको छ । एड्रिनो ६१० ले फोनमा राम्रो गेमिङ अनुभव प्रदान गर्न भिभिड ग्राफिक्स सुनिश्चित गर्दछ ।

रेड्मी ९ पावर इमर्सिभ मल्टिमिडीया अनुभवका लागि स्टेरियो स्पिकरहरूको साथ हाइ–रेज अडियो प्रमाणीकरणको साथमा आउँदछ । यो फोन ४ जीबी र्‍याम तथा ६४ जीबी यूएफएस र ४ जीबी र्‍याम तथा १२८ जीबी यूएफएस स्टोरेजमा उपलब्ध छ ।

फोनको स्टोरेजलाई माइक्रो एसडी कार्डमार्फत ५१२ जीबीसम्म विस्तार गर्न सकिन्छ । रेड्मी नाइन पावरको अगाडि भागमा स्क्र्याचबाट जोगाउन कर्निङ गोरिल्ला ग्लास थ्रीको प्रोटेक्सन दिइएको छ ।

रबराइज्ड पोर्टको साथ स्प्ल्याश प्रतिरोधी कोटिङले गर्दा फोन अचानक हातबाट खस्दा हुनसक्ने क्षति कम गर्न सहयोग गर्दछ ।


डिजाइन तथा डिस्प्ले

फोनमा ६.५३ इन्च आकारको फुल एचडी प्लस डिस्प्ले दिइएको छ । जसले रेड्मी नाइन पावरको पछाडि भागमा औंलाको दाग बस्न नदिन प्रतिरोधी टेक्चर राखिएको छ ।

यसमा सेक्युरिटीका लागि साइड माउन्टेट फिंगरप्रिन्ट सेन्सर र फेस अनलक फिचर राखिएको छ । यसमा ३.५ एमएम हेडफोन ज्याक राखिएको छ ।


मूल्य र उपलब्धताः

रेड्मी नाइन पावर माइटी ब्ल्याक, ब्लेजिङ ब्लू, फायरी रेड र इलेक्ट्रिक ग्रीन गरी चारवटा कलर भेरियन्टमा उपलब्ध छ । यो अनलाइन र अफलाइन स्टोरहरूमा माघ २८ गतेदेखि उपलब्ध रहेको साओमी नेपालले जनाएको छ ।

फोनको मूल्यको कुरा गर्ने हो भने ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको रेड्मी नाइन पावरको मूल्य १८,९९९ रुपैयाँ राखिएको छ । त्यस्तै ४ जीबी स्टोरेज तथा १२८ जीबी भरियन्टको मूल्य २०,९९९ रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१