close

ग्यापुको ‘भ्यालेन-टाइम’ अफर, भ्यालेन्टाइन सप्ताहभर आकर्षक सेल

टेकपाना टेकपाना

माघ २९, २०७७ ६:५४

ग्यापुको ‘भ्यालेन-टाइम’ अफर, भ्यालेन्टाइन सप्ताहभर आकर्षक सेल

काठमाडौं । ग्यापु मार्केटप्लेसले भ्यालेन्टाइन सप्ताहको अवसरमा ‘भ्यालेन-टाइम’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत हाइ टाइमको स्मार्ट वाच र अन्य घडीहरुको खरिदमा एयर बर्ड्स नि:शुल्क प्राप्त गर्न सकिने छ। 

साथै भ्यालेन्टाइन सप्ताहमा आफ्ना प्रियलाई चकलेट, केक, फूल र उपहारको वर्षा गर्न आतुर व्यक्तिहरुका लागि ग्यापुले विशेष सेल सहित सामग्री बिक्री गरिरहेको ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।

भ्यालेन्टाइन सप्ताहमा ग्यापुबाट सपिङ गर्ने मध्ये एक जनालाई सनवे इन्टरनेसनल बिजनेस स्कुलमा उच्च शिक्षा अध्ययन गर्न एक जनालाई ५० प्रतिशत छुट, एक जनालाई डिजी स्कुलमा आइटी कोर्स निःशुल्क र क्युज सिनेमामा दुई जोडिलाई निःशुल्क मुभी टिकट प्रदान गरिने खड्काले बताए ।

भ्यालेन्टाइन सप्ताहमा ग्यापुको सोसल मिडियालाई ट्याग गरी जोडीको फोटो पोस्ट गर्ने मध्ये एक जोडीले पोखरा लेकसाइडको ‘स्वीस इन्टरनेशनल होटल सरोवर’मा बेड एण्ड ब्रेकफास्टको प्याकेज नि:शुल्क प्राप्त गर्नेछन् ।

ग्यापुमा शपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइट मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस र ई सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् ।

डेलिभरीकै बेला विश्वभरका जुनसुकै बैकका डेबिट र क्रेडिट कार्ड स्वाइप गर्न सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१