close

अब क्यूआर कोडबाटै मन्दिरमा भेटी चढाउन पाइने

टेकपाना टेकपाना

माघ ३०, २०७७ १६:१४

अब क्यूआर कोडबाटै मन्दिरमा भेटी चढाउन पाइने

सिन्धुली । पछिल्लो समय क्यूआर कोड भुक्तानी सेवा राजधानी बाहिरका ठाउँहरुमा पनि सुरु भएको छ । हालै सिन्धुली जिल्लास्थित कालिमाई मन्दिरमा क्यूआर कोड भुक्तानी सेवा सञ्चालन गरिएको छ ।

यो सेवा सुरु भएपछि क्यूआर कोड प्रयोग गरी मन्दिर व्यवस्थापन समितिको खातामा भेटी बापतको पैसा हाल्न सकिन्छ । नयाँ खालको भुक्तानी अभ्यास भएसँगै अब भेटी पारदर्शी रुपमा संकलन हुने र मन्दिर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

सिभिल बैंकले फोनपेसँगको साझेदारीमा यस्ताे सेवा सञ्चालनमा ल्याएको हो । बैंकले कमलामाई नगरपालिकामा सञ्चालमा रहेका टेम्पुमा पनि क्यूआर भुक्तानी सुरु गरेकाे छ ।

Image

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यी दुवै ठाउँमा क्यूआर कोडबाट भुक्तानी गरी यो सेवाकाे उद्घाटन गरे ।

सो अवसरमा बोल्दै गभर्नर अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताए ।

साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने भनाइ उनले राखे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३