close

ट्रम्पकै लाइनमा बाइडेन, चिनियाँ कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाउने संकेत

टेकपाना टेकपाना

माघ ३०, २०७७ १८:१२

ट्रम्पकै लाइनमा बाइडेन, चिनियाँ कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाउने संकेत

काठमाडौं । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिबाट चिनियाँ टेक कम्पनीहरु निकै मर्माहित भएका थिए । नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले चिनियाँ टेक कम्पनीमाथिकाे अमेरिकी नीतिलाई केही खुकुलो बनाउने अपेक्षा गरिएको थियो । तर यस्तो हुन नसक्ने संकेत देखिएको छ । 

बाइडेनको प्रशासनले साझेदार मुलुकहरुसँग मिलेर केही महत्पूर्ण प्रविधि चीनलाई निर्यात गर्न नयाँ प्रतिबन्ध लगाएको स्रोतले उल्लेख गरेकाे छ । 

बाइडेनले गणतान्त्रिक चीनका राष्ट्रपति सि जिनपिङलाई सम्पर्क गर्नुअघि उनले यस्तो प्रतिबन्ध लगाएको बताइएको छ । 

संवेदनशील प्रविधिमा व्यापार प्रतिबन्धसँगै पूर्व ट्रम्प प्रशासनले लागू गरेको चिनियाँ व्यापारमाथिको भन्सारलाई पनि अमेरिकाले रद्द गर्न मन्जुरी नदिने देखिएको छ । साझेदार मुलुकहरुसँग वार्ता नगरेसम्म कुनै पनि निर्णय नगर्ने नयाँ प्रशासनको अडान छ । 

यसअघि सेमिकण्डक्टर, बायोटेक्नोलोजी तथा एआई जस्ता प्रविधिहरुमा लगानी बढाउन बाइडेनले चीनसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताइएको थियो । जुन अमेरिकाको आर्थिक लाभका लागि निकै महत्वपूर्ण थियो । 

यसबीच गत मंगलबार ह्वावेका सीईओ तथा संस्थापक रेन झिङफेइले आफ्नो कम्पनीले डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई सामना गरेको र नयाँ राष्ट्रपतिको सत्तारोहणसँगै सम्बन्ध सुध्रिएर जाने अपेक्षा गरेको बताएका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३