close

रियल टाइम पार्सल सेवा सुरु गर्दै पठाओ, अब घरकै खाना अफिसमा खान सकिने

टेकपाना टेकपाना

फागुन २, २०७७ ११:३४

रियल टाइम पार्सल सेवा सुरु गर्दै पठाओ, अब घरकै खाना अफिसमा खान सकिने

काठमाडौं । हामीमध्ये कतिपयको बिहानै अफिस जानुपर्ने बाध्यता होला । त्यस्तो अवस्थामा होटलमा बनेको खाना खान हामी बाध्य हुन्छौं । तर घरबाहिर बनेको मसालेदार, चिल्लो, पिरो खाना धेरैले खान मन पराउँदैनन् ।

यस्तोमा घरको खाना भए कति उपयुक्त हुन्थ्यो भन्ने हामी सबैलाई पर्न सक्छ । यसैलाई मध्यनजर गर्दै नेपालको लोकप्रिय राइड शेयरिङ एप ‘पठाओ’ ले ‘रियल टाइम पार्सल’ सेवाको सुरुवात गर्ने भएको छ ।

पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातका अनुसार यसका लागि आवश्यक तयारी भइरहेको छ । अबको केही समयै याे सेवा सञ्चालनमा आउने उनले जानकारी दिए ।

‘यसको उद्देश्य सेवाग्राहीलाई थप सरल र सहयोगी सेवा उपलब्ध गराउनु हो,’ बस्न्यात भन्छन, ‘रियल टाइम पार्सलको अर्थ यदि तपाईं कार्यालयमा हुनुहुन्छ, तर घरमा सामान बिर्सिनुभयो भने त्यो सामान तपाईंको घरमा पुगेर तपाईंको कार्यालयसम्म ल्याइदिने काम पठाओका राइडरले गर्नेछन् ।’

यसले कार्यलयमा काम गर्दागर्दै घरमा सामान छुट्यो भने कुद्नु पर्ने झन्झट वा सामान छुट्यो भनेर चिन्ता लिएर दिनभर काम नै अवरुद्ध हुने अवस्थाको अन्त्य गर्ने उनले बताए ।

‘त्योभन्दा पनि महत्वपूर्ण उद्देश्य मान्छेले घरमा पाकेको खाना अफिसमा बसेर खान पाओस् भन्ने हामी चाहान्छौं,’ उनी भन्छन, ‘यदि त्यो सेवा सुरु भएको खण्डमा पठाओबाट घरबाट खाना मगाएर खान सक्छ । यसले ठूलो सहयोग पुर्‍याउने छ भन्ने विश्वास हामीले लिएका छौं । यसले ईकमर्स कम्पनीलाई पनि सहयोग पुर्‍याउनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३