close

एप्पललाई चुनौती दिन आफ्नै ब्राण्डमा स्मार्टवाच ल्याउँदै फेसबुक

टेकपाना टेकपाना

फागुन २, २०७७ १२:५७

एप्पललाई चुनौती दिन आफ्नै ब्राण्डमा स्मार्टवाच ल्याउँदै फेसबुक

काठमाडाैं । सोसल मिडिया जायन्ट फेसबुकले स्मार्टवाच ल्याउने भएको छ । कम्पनीले स्वास्थ्य र म्यासेज गर्न मिल्ने फिचर भएको स्मार्टवाच ल्याउन लागेको भन्दै द इन्फर्मेशनले समाचार लेखेकाे छ । कम्पनीले यो प्रडक्टको नाम दिइसकेको छैन ।

तर यसले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम सपोर्ट गर्ने सो समाचारमा उल्लेख छ । फेसबुक आफैंले पनि अपरेटिङ सिस्टम विकास गरिरहेकाले दोस्रो पुस्ताका स्मार्टवाचमा गुगलको भर पर्नुपर्ने छैन ।

यसैबीच फेसबुकले ल्याउने स्मार्टवाच कस्तो होला भनेर धेरैलाई चासोको विषय हुन सक्छ । स्रोतका अनुसार फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप लगायत कम्पनीका एपहरुसँग यो स्मार्टवाचको सेवा एकीकृत गरिनेछ ।

यसले सेलुलर कनेक्टिभिटी पनि सपोर्ट गर्ने बताइएको छ, जसका कारण तपाईंले स्मार्टफोनबिना पनि म्यासेज पठाउन र पढ्न पाउनुहुन्छ ।

म्यासेजिङ फिचरका अतिरिक्त स्मार्टवाचमा फिटनेश फिचर पनि समावेश हुनेछ । यसका लागि हेल्थ र फिटनेश कम्पनीहरुको हार्डवेयर र सर्भिससँग स्मार्टवाच कनेक्ट गराइनेछ ।

फेसबुकको स्मार्टवाच २०२२ मा मात्रै बजारमा आउने अनुमान गरिएको छ । यसको मूल्य कुरा गर्दा प्रतिस्पर्धी एप्पलका प्रडक्टभन्दा सस्तो हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३