close

ह्वावेका सीईओले नै भने, ‘आईफोन ट्वेल्भ विश्वकै उत्कृष्ट स्मार्टफोन’

टेकपाना टेकपाना

फागुन २, २०७७ १५:३०

ह्वावेका सीईओले नै भने, ‘आईफोन ट्वेल्भ विश्वकै उत्कृष्ट स्मार्टफोन’

काठमाडौं । ह्वावेका सीईओ रेन जेङफीले एप्पलको पछिल्लो उत्पादन आईफोन ट्वेल्भ विश्वकै उत्कृष्ट स्मार्टफोन भएको बताएका छन् । ताइवानमा भएको एक कार्यक्रममा बोल्दै उनले एप्पलकाे पछिल्लाे फ्ल्यागशिप प्रडक्टकाे सम्मान गरेका हुन् ।

एप्पल पनि पछिल्लो समय क्यामेरा फोनको रुपमा फोकस भइरहेको अवस्थामा उनले ह्वावेकाे भविष्यका लागि धेरै मेहनत गर्नुपर्ने विचार राखे । उनले भने, ‘असम्भव भन्नै छैन, तर असहज भने छ । त्यसका लागि हामीले धेरै मेहनत गर्नुपर्छ ।’

अमेरिका लगायतका देशले लगाएको प्रतिबन्धका बावजुद कम्पनीको बजार विस्तार खस्कँदै गएको छ । यस्तो अवस्थामा पनि कम्पनीले आश मारेको छैन । ‘हामीलाई हाम्रो ग्राहकप्रति विश्वास छ,’ उनले भने, ‘यही कारण हामी निरन्तर रुपमा अघि बढ्न सक्नेछौं ।’

उनले अब ह्वावेले फ्ल्यागशिप स्मार्टफोनमा प्रतिस्पर्धा गर्न धेरै साेच्नुपर्ने विचार समेत राखे । ‘युरोपका हाई–इन्ड प्रयोगकर्ताको रोजाइमा एप्पल छ । हामीसँग प्रिमियम ह्याण्डसेट छैन । यस्तो अवस्थामा एप्पलका ह्याण्ड सेटले नै ह्वावेको फाइभजी प्रविधि उत्कृष्ट भएको प्रमाणित गरिरहेको छ । त्यसैले विश्व बजारमा एप्पलको आईफोन ट्वेल्भ सबैभन्दा उत्कृष्ट स्मर्टफोन हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३