close

स्टार्टअप आइडिया कलमा ८७० आवेदन, १५ दिन म्याद थपियो

टेकपाना टेकपाना

फागुन ३, २०७७ १३:७

स्टार्टअप आइडिया कलमा ८७० आवेदन, १५ दिन म्याद थपियो

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनको नवप्रवर्तन प्रस्ताव आह्वान तथा स्टार्टअप आइडिया कलको समय थप भएको छ । १५ दिन अवधि थप भएसँगै अब आउँदो फागुन १५ गतेसम्म आइडिया पठाउन सकिने भएको हो ।

यस अघि गत मंसिर २४ गतेदेखि माघ मसान्तसम्म आवेदन माग गरिएको थियो । उक्त अवधिमा ८७० वटा आवेदन दर्ता भएको स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले जानकारी दिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले उत्पादन र सेवामूलक क्षेत्रमा सिर्जनात्मक रुपमा उद्यम गर्न चाहने युवाहरुको सङ्ख्या बढिरहेको र समय थपको लागि आग्रह भएकाले अरु १५ दिन समय उपलब्ध गराइएको हो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्राप्त आइडियाहरुमध्ये उत्कृष्ट आइडिया छनौट गरी निःशुल्क तालिम प्रदान गर्नुका साथै पुरस्कृत गरिने र सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बताए । यसबाट उद्यमी बन्नका लागि आवश्यक पूर्ण प्याकेज उपलब्ध भएको उनको भनाई छ ।

स्टार्टअप आइडिया कलको वेबसाइटमा लग ईन गरी आफ्नो आइडिया सहित प्रस्ताव पठाउन सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३