close

आईफोन आखिर किन हुन्छ यति धेरै महंगो ?

टेकपाना टेकपाना

फागुन ३, २०७७ २०:२३

आईफोन आखिर किन हुन्छ यति धेरै महंगो ?

काठमाडौं । सन् २०१६ मा आईफोन सेभेनको मूल्य ६४९ अमेरिकी डलरबाट सुरु हुन्थ्यो । त्यसको तीन वर्षपछि एप्पलको फ्ल्यागशिप स्मार्टफोनको मूल्य झन् ५४ प्रतिशत बढी छ ।

यस्तो मूल्यले एप्पललाई निकै धेरै नाफा दिने नै भयो । अमेरिकाको ट्रिलियन डलर मूल्यको पहिलो कम्पनी भएसँगै एप्पलको बजार मूल्य स्वीजरल्याण्डको जीडीपी भन्दा बढी पुगेको छ ।

एप्पलका आईफोन लगायतका उत्पादन आखिर यति धेरै महंगा किन हुन्छन् ? यसमा त्यस्तो खास के हुन्छ जुन अन्य स्मार्टफोनमा हुँदैन ? या त केवल क्यामेरा क्वालिटीकै कारण आईफोन यति धेरै महंगा हुन्छन् ?

यस्ता कयौं प्रश्नहरु छन्, जुन एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका मनमा उब्जिने गर्दछन् । आज हामी तपाईंलाई आईफोनका त्यस्ता फिचरको बारेमा बताउँदै छौं, जसका कारण आईफोन सधैंजसो अन्य प्रकारका स्मार्टफोनभन्दा फरक र महंगा हुने गर्दछन् ।

आईफोन प्रयोगकर्ताको गोपनीयताको कारणले बढी लोकप्रिय छ । आईफोनमा तपाईंका जति पनि संवेदनशील जानकारीहरु छन्, त्यसलाई विशेष प्रकारले सुरक्षित बनाइएको हुन्छ ।

एप्पलका कुनै पनि उत्पादनमा ह्याकिङको संभावना एकदमै कम हुन्छ । आईफोनमा कुनै पनि नयाँ वा अपरिचत एप डाउनलोड गर्न सकिँदैन । एप स्टोरको सुरक्षा गुगल प्ले स्टोरको भन्दा निकै नै बलियो मानिन्छ ।

प्रयोगकर्ताको गोपनीयताको विषयलाई लिएर एप्पल प्रायः सधैंजसो सतर्क रहने गर्दछ । आईओएस फोर्टिन एप बनाउने कम्पनीहरुमाथि झन् कडा रुपमा प्रस्तुत भएको छ ।

पहिलो पटक हरेक एपका प्रयोगकर्ताको डेटा तथा जानकारी कहाँ र कहिले प्रयोग गरिनेछ भन्ने कुरा समेत खुलाउनु पर्ने हुन्छ । यति मात्र होइन, आईफोनलाई महंगो बनाउने सूची अझैं लामो छ ।

आईफोनमा लुकेर क्यामेरा वा माइकबाट जासुसी गर्न सकिन्न । त्यसो त एकदमै थोरै मानिसहरुलाई मात्र जानकारी छ कि फेसबुक र गुगल जस्ता कयौं एपले तपाईंको मोबाइलको क्यामेरा र माइकबाट तपाईंका अनेक जानकारी संकलन गरिरहेका हुन्छन् ।

यदि कुनै एपले गलत तरिकाले तपाईंको माइक वा क्यामेरा प्रयोग गर्छ भने आईफोनको अगाडि भागमा रहेको इन्डिकेटर ब्लिङ्क (धिप धिप) गर्न थाल्छ । एप्पलले आफ्नो प्लेटफर्ममा उपलब्ध हरेक एपमाथि सघन प्रकारले चेक जाँच गर्दछ ।

हरेक एपले एप स्टोरमा रजिस्ट्रेसन हुनु अघि कडा प्रकारका सुरक्षा मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । यसै कारणले तपाईंको आईफोनमा एपमार्फत हुने ठगीको खबर कमै मात्र सुन्न सकिन्छ ।

प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै एप्पलले स्पष्ट रुपमा बताएको छ कि एप स्टोरमा उपलब्ध कुनै पनि एपलाई प्रयोगकर्ताको अनुमति बिना डेटा लिने अधिकार छैन । यस बाहेक प्रयोगकर्ताले अनलाइन सर्च गरेका विषयमा समेत कसैलाई पनि एक्सेस दिइने छैन ।

यस बाहेक एप्पलसँग आफ्ना उत्पादनको गुणस्तर र औद्योगिक डिजाइनमा वर्षौं पुरानो प्रतिष्ठा छ । जसले गर्दा कम्पनीले दशौं लाख लोयल ग्राहक तयार पारेको छ । जो एप्पलका उत्पादन तथा ईको सिस्टम छोडेर अन्यत्र जान चाहँदैनन् ।

भनिन्छ, ग्राहकको लोयल्टी आर्जन गर्न निकै गाह्रो छ । तर जब तपाईं ग्राहकको लोयल्टी प्राप्त गर्नुहुन्छ, त्यसपछिको माया अन्धो हुन्छ ।

त्यसो त तपाईंले आईफोन किनिसकेपछि यसमा मेमोरी बढाउन सक्नुहुन्न । बढी मेमोरी भएको आईफोन तपाईंको आवश्यकता हो भने तपाईंले अझ धेरै महंगो मूल्य तिर्न तयार हुनुपर्छ ।

एप्पलले आईफोनमा ओएलईडी डिस्प्ले, तीव्र प्रोसेसर र पातलो बेजल्स जस्ता आकर्षक फिचर छन् । जुन तपाईं आईफोनका अन्य प्रतिस्पर्धी थुप्रै फोनहरुमा पाउन सक्नुहुन्छ ।

एप्पलको आईफोनका हरेक भागहरु एकदमै स्तरिय रुपमा बनाइएका हुन्छन् । उदाहरणको लागि सोनी एप्पलका स्मार्टफोनहरुसँग प्रतिस्पर्धा गरिरहेको छ ।

तर एप्पलमा प्रयोग हुने सबै क्यामेरा सेन्सर सोनीले नै बनाएका हुन् । जब कि आईफोनलाई उपलब्ध हुने त्यस्ता सेन्सर सोनीसँग निकै सस्तो मूल्यमा रहेका हुन्छन् ।

एप्पलको ब्राण्ड नै यस्तो भइसकेको छ कि यो एक प्रविधि कम्पनीभन्दा बिलासिताको ब्राण्डको रुपमा स्थापित भइसकेको छ । उदाहरणको लागि गुस्सी तथा हर्मेसलाई ग्राहकले लोगोकै कारण बढी मूल्य तिरिरहेका हुन्छन् ।

किन भने त्यसले हैसियत अर्थात स्टाटसलाई संकेत गर्छ । जब कि उक्त हाते झोला त्यति धेरै उपयोगी पनि हुँदैन । तर पनि ग्राहकले त्यसलाई नै बढी महत्व दिइरहेका हुन्छन् । यसका साथै एप्पलका उत्पादनको डिजाइन पनि निकै स्लिक अर्थात आकर्षक हुने गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३