close

इयरफोन ज्याकका यी भिन्नता, थाहा पाइराख्नुहोस् काम लाग्छ

टेकपाना टेकपाना

मंसिर ९, २०७६ ९:४३

इयरफोन ज्याकका यी भिन्नता, थाहा पाइराख्नुहोस् काम लाग्छ

हेडफोन तथा इयरफोनको प्रयोग त तपाईहरु सबैले गरिरहनु भएकै होला । त्यसो हो भने तपाईले हेडफोन र इयरफोनको ज्याकमा हुने रिङको विषयमा ख्याल पनि गर्नुभएकै होला । यस्तो रिङ किन राखिन्छ होला ? के तपाईंले कहिल्यै यसको बारेमा सोच्नु भएको छ ? 

यदी गम्भीर ढङ्गले कहिल्यै इयरफोनको ज्याकलाई ख्याल नियाल्नु भएको छ भने कुनैमा दुई ओटा रिङ दिइएको हुन्छ भने कुनैमा तीन रिङ राखिएको हुन्छ । यतिसम्म कि कुनै मा त एक मात्रै रिङ पनि देख्न सकिन्छ । यहाँनिर तपाईंले यी फरक फरक रिङको विषयमा थाहा पाउन जरुरी छ । यदी तपाई बजारमा कुनै पनि किसिमको माइक्रोफोन, इयरफोन वा हेडफोन खरीद गर्न जानुहुन्छ भने  कुन चाहिँ आफ्नो लागि उपयुक्त हो, ठम्याउन सक्नुपर्ने हुन्छ । 

हेडफोन तथा इयर फोन र माइक्रोफोनमा राखिने रिङबीच खासै भिन्नता छैन भन्ने धेरलाई लागिरहेको हुन सक्छ । तर, यसको विशेष महत्व छ । हेडफोन, इयरफोन तथा माइक्रोफानेले यीनै रिङको सहायताले काम गरिरहेका हुन्छन् । 

एक मात्रै रिङ भएको ज्याक

यदि तपाईले एक मात्रै रिङ देख्नु भयो भने तपाईं निश्चिन्त हुनुहोस् कि त्यो मोनो माइक्रोफोन हो । अब यहाँनिर मोनो माइक्रोफोन भन्दा अलमलमा पनि पर्नु भयो होला । मोनोको सामान्य अर्थ हुन्छ ‘सिंगल’ अर्थात एकमात्र भन्ने हुन्छ।

यदी यस्तो मोनो माइक्रोफोनको सहायताले भ्वाइस वा भिडियो रेकर्ड गर्नुभयो भने त्यसले मोनो साउण्ड मात्र रेकर्ड गर्नेछ । यसरी रेकर्ड गरिएको साउण्ड तपाईंले दुबै कानमा हेडफोन लगाएर सुन्नु भयो भने कुनै एउटा कानमा मात्रै सुनिनेछ । यस्तो एक मात्र रिङ ज्यादातर माइक तथा माइक्रोफोनमा देख्न सक्नुहुनेछ । 

दुई रिङ भएको ज्याक


यदी तपाईंले हेडफोन तथा इयरफोन र माइक्रोफोनमा दुई ओटा रिङ देख्नुभयो भने सम्झिनुहोस् त्यो स्टेरियो साउण्डका लागि हो । तपाईंले इयरफोन तथा हेडफोनमा दुबैतर्फ सुन्ने आवाज नै स्टेरियो साउण्ड हो ।

यसमा भएको टुप्पोको अंशले तपाईंलाई बायाँ कानमा सुन्न सघाउँछ भने दोश्रो कट चाहिँ दायाँ कानका लागि हुन्छ । यही दुबै कटका कारण हेडफोन तथा इयरफोनमा दुबैतर्फको साउण्ड राम्रोसँग सन्तुलित किसिमले सुन्न सकिन्छ । 

तीन रिङ भएको ज्याक

तपाईंले बजारमा एक वा दुई मात्रै होइन तीन रिङ भएका इयर फोन तथा हेडफोनहरु पनि देख्न सक्नुहुनेछ । यस्ता हेडफोन तथा इयरफोनको प्रयोजनको विषयमा तपाईंले ख्याल गर्नुपर्ने विषय यो छ कि जसको मद्दतबाट स्टेरियो साउण्डका साथै माइकको रुपमा समेत प्रयोग गर्न सकिन्छ । यस्ता इयरफोन प्रायः तपाईंले स्मार्टफोनको साथमा आउने इयरफोनमा देख्नुभएको होला । 

यस्ता इयरफोनको सहायताले मोबाइलमा साउण्ड सुन्नका अलावा कुराकानी पनि गर्न सक्नुहुन्छ या भनौँ यस्ता इयफोन तथा हेडफोन लगाएर मोबाइलमा कुराकानी गर्नु भयो भने अर्कोतर्फबाट जोडिनेले सुन्न सक्छ । त्यसैले ख्याल गर्नुहोला जुन इयरफोन तथा हेडफोनमा तीन रिङ दिइएको हुन्छ, त्यसमा कहिँ न कहिँ माइकका लागि सानो स्पिकर समेत अवश्य दिइएको हुनेछ ।

तीन ओटा रिङ भएको हेडफोन तथा माइक्रोफोनमा क्रमशः टुप्पोको रिङ अथवा भाग बायाँ साउण्डका लागि, बीचको दयाँ साउण्ड, तेश्रो आधार अथवा ग्राउण्ड र चौथो माइक्रोफोनका लागि हुन्छ । त्यसैले माइक्रोफोन, हेडफोन तथा माइक्रोफोनमा राखिने हरेक खण्डको आ–आफ्नै महत्व र उपयोगिता छ ।  यसैको माध्ययमबाट दायाँ कान र बायाँ कानमा सुनिने साउण्डमा भिन्नता ल्याउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१