close

व्यस्त वा भद्रगोल दैनिकीलाई व्यवस्थापन गर्न उपयोगी ५ मोबाइल एप

टेकपाना टेकपाना

फागुन ४, २०७७ १३:२५

व्यस्त वा भद्रगोल दैनिकीलाई व्यवस्थापन गर्न उपयोगी ५ मोबाइल एप

काठमाडौं । एकजना व्यस्त व्यक्तिको धेरै भूमिका हुन्छन् । उसले पुरा गर्नुपर्ने काम र जिम्मेवारी पनि धेरै हुन्छन् । एउटा मस्तिष्कको ध्यान जब सबैतिर बाँडिन्छ, तब तपाईंको कार्यतालिका सधै प्रभावित हुन्छ । यसले पेशागत र व्यक्तिगत जीवनलाई गोलमटोल र अव्यवस्थित बनाइदिन्छ ।

आफ्नो रुटिने जीवनका सबै काम कुरा व्यवस्थित ढङ्गले सही समयमा होस् र एकअर्कासँग नजुधोस् भन्ने चाहनुहुन्छ भने तपाईं हरेक समय अलर्ट रहनुपर्छ । यसका लागि रुटिन रिमाइण्डर एपहरु एकदमै उत्तम विकल्प हुन् ।

यदि तपाईंलाई एप डाउनलोड तथा इन्स्टल गर्न झन्झट लाग्छ भने  क्यालेण्डर एप वा डेडिकेटेड टु डु लिस्ट एपमा रिमाइण्डरलाई सेटअप गर्न सक्नुहुन्छ । 

तर रिमाइण्डर एप तपाईंका लागि सधै उत्तम विकल्प बन्नेछ । यस्ता रिमाइण्डरहरु तपाईंका लागि उत्पादकत्व मात्र होइन सुरक्षाका लागि पनि एकदमै उत्तम सावित हुन सक्छन् । 

आज हामी तपाईंलाई पाँचवटा एन्ड्रोइड र आईओएस रिमाइण्डर एपहरुका बारेमा बताउने छौं । 

१. टु डु रिमाइण्डर विथ अलार्म
(To Do Reminder with Alarm)

Cover art

याे एपको लेआउट एकदमै सफा छ । क्लियर भिजनका लागि यसमा डे तथा नाइट थिम चयन गर्ने विकल्प पनि छ । तपाईंले मेनुबाट ‘टु डु टास्क’ मा ट्याप गरी मिति सेट गर्न सक्नुहुन्छ । साथै त्यसलाई कतिपटक सम्म दोहोरियाेस् भन्ने चाहनुहुन्छ त्यसका लागि (घण्टा, दैनिक, साप्ताहिक, मासिक र वार्षिक वा एकपटक) अप्सन हुनेछ ।

यस एपमा टास्क रिमाइण्डरका लागि भ्वाइस कमाण्ड पनि दिन सकिने भएकाले सुनमा सुगन्ध थपिएको छ । साथै तपाईंले यसमा फेसबुक, गुगल क्यालेण्डर, फोन कन्ट्याक्ट आदिबाट परिवारजन तथा साथीभाइहरुको जन्मदिन तथा वार्षिकोत्सवलाई सिङ्क्रोनाइज पनि गर्न सकिन्छ ।

वा तपाईंले नयाँ जन्ममिति तथा वार्षिकोत्सवको सूची पनि बनाउन सक्नुहुन्छ । यो एन्ड्रोइडआईओएस दुवैमा उपलब्ध छ । 

२. एन्नी.डु
(Anny.Do)

Cover art

एन्नी डट डु एप एन्ड्रोइडएप्पल दुवै प्लेटफर्मका लागि उपलब्ध राम्रो रिमाइण्डर एप हो । यसको इन्टरफेस एकदमै सजिलो छ । यसमा मुख्य चाल लिस्ट लेबल गरिएको छ । आज, भोलि, आगामी दिन र कुनै दिन । प्रत्येक लिस्टमा प्लस साइन हुन्छ जसलाई ट्याप गरेर तपाईले नयाँ टु डु लिस्ट बनाउन सक्नुहुन्छ ।

यस एपले पनि भ्वाइस कमाण्डलाई सपोर्ट गर्दछ । यसमा अटोकम्प्लिट फंसनालिटी पनि छ, जसले तपाईंले गर्नुपर्ने कतिपय कामको आफै अनुमान गरेर सुझाव पनि दिन्छ । यसले तपाईंको समय र मेहेनतलाई बचाउँछ । 

३. टु डु विस्ट
(ToDoIst)

Cover art

यो एन्ड्रोइडएप्पल दुवैका लागि उपलब्ध राम्रो रिमाइण्डर एप हो । यसबाट तपाईंले आफ्नो टास्क, लिस्ट, प्रोजक्ट आदि अरुसँग बाँड्न सक्नुहुन्छ । यसमा लोकेसन आधारित रिमाइण्डर फिचर पनि छन् । उदाहरणका लागि यदि तपाईं कुनै तरकारी बजारमा हुनुहुन्छ भने तपाईंलाई प्रत्येक पटक आलु किन्ने नोटिफिकेसन आउन सक्छ ।

यसको इन्टरफेस एकदमै राम्राे छ । साथै तपाईंले यसमा आफ्नो दैनिक तथा साप्ताहिक सफलताको समिक्षा पनि देख्न सक्नुहुन्छ जसमा सुन्दर कस्टमाइज ग्राफ हुन्छ । यसमा एड्भान्स फिचर सहितको सशुल्क भर्सन पनि उपलब्ध छ । 

४. गुगल किप 
(Google Keep)

Cover art

यो एन्ड्रोइडआईओएस दुबै भर्सनमा उपलब्ध एउटा राम्रो रिमाइण्डर एप हो । नोटका लागि यो सबैभन्दा लोकप्रिय एप पनि हो । यसमा तपाईंले टाइप गरेर वा भ्वाइस डिक्टेट गरेर नोट टिपाउन सक्नुहुन्छ । साथै यसमा तपाईंले तस्वीर राखेर पनि टु डु लिस्ट बनाउ सक्नुहुन्छ ।

सबै नोटमा कस्टमाइजेसन पाउन सकिन्छ । नोटलाई सजिलै चिन्न रंगाउनेदेखि, आफूलाई मन परेको क्याटागोरीले ट्याग गर्ने तथा यसलाई ईमेल र थर्ड पार्टी एप्सबाट शेयर गर्ने ।

तपाईंले जुनसुकै डिभाइसबाट पनि आफ्नो नोटलाई एक्सेस गर्न सक्नुहुन्छ । किनभने त्यो तपाईंको पोन, ट्याबलेटमा गुगल किपको वेबसाइट तथा क्रोम एपबाट सिङ्क भइदिन्छ । 

५. रिमेम्बर द मिल्क 
(Remember the Milk)

Cover art

अत्यन्तै भागदौडपूर्ण व्यस्त जीवनशैली भएकाहरुका लागि रिमेम्बर द मिल्क एउटा उपयुक्त एप हो । यो एप एन्ड्राेइडआईओएस दुबै प्लेस्टोरमा उपलब्ध छ ।

यसमा अल टास्क, टुडे, टुमर्रो, दिस विक, गिभन टु अदर्स जस्ता विभिन्न विकल्पहरु छन् । यसले जिमेल, गुगल क्यालेण्डर, ट्वीटर, इभरनोट र धेरै कुरालाई एकठाउँमा ल्याउँछ ।

यसमा एपको लुक्सलाई कस्टमाइज गर्ने अप्सन पनि उपलब्ध छ । यसको सशुल्क प्रोभर्सन लिनु भयो भने तपाईले सब टास्क जस्ता फिचर पाउन सक्नुहुन्छ । जसले तपाईंको कामलाई सानो सानो भागमा बाढेर माइक्रोसफ्ट आउटलुक तथा धेरै कुराहरुसँग सिङ्क गरिदिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३