close

इन्टरनेट गुणस्तरमा डेनमार्क पहिलो नम्बरमा रहँदा नेपाल भने पुछारमा

टेकपाना टेकपाना

फागुन ४, २०७७ १४:२०

इन्टरनेट गुणस्तरमा डेनमार्क पहिलो नम्बरमा रहँदा नेपाल भने पुछारमा

काठमाडौं । विश्वव्यापी इन्टरनेट पुहँचको विषयमा नयाँ प्रतिवेदन सार्वजनिक भएको छ । बेलायती अनुसन्धान संस्था ब्रोडब्याण्ड च्वाइसले भर्खरैमात्र इन्टरनेट एक्सेसिबिलिटी इन्डेक्स–२०२१ सार्वजनिक गरेको छ ।

१६९ देशको ब्रोडब्याण्ड तथा मोबाइल पूर्वाधारका आधारमा उक्त प्रतिवेदनले नयाँ तथ्य बाहिर ल्याएकाे छ । प्रतिवेदन अनुसार इन्टरनेटकाे गुणस्तर मापनमा नेपाल भने पुछारतिर अर्थात् १३२ औं स्थानमा रहेको छ ।

प्रतिवेदनले विभिन्न मापण्डका आधारमा उक्त अध्ययन गरेको हाे । जसमा फिक्स्ड ब्रोडब्याण्डको गति, होम इन्टरनेट प्याकेजको मूल्य, मोबाइल डेटा (प्रति जीबी), इन्टरनेट पुहँचमा रहेको देशको जनसंख्या समेटिएको थियो ।

यसका साथै मोबाइल इन्टरनेट, कभरेज, सार्वजनिक रुपमा उपलब्ध वाईफाई हटस्पटको संख्या र आफ्नै भाषमा सञ्चालनमा रहेका वेब पेजको हिस्सालाई आधार मानी प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार सबैभन्दा अघि डेनमार्क रहेको छ । एउटा मात्रै इन्टरनेट सेवा प्रदायकको आधिपत्य रहेको डेनमार्कमा इन्टरनेट सस्तो हुनुका साथै गुणस्तरीय र द्रुत गतिको समेत रहेको उल्लेख छ ।

प्रतिवेदन अनुसार डेनमार्कमा इन्टरनेटको डाउनलोड स्पिड ९९.०८ एमबीट तथा महिनाकाे औषत मूल्य ९९.०८ डलर रहेको छ ।

उक्त सूचीको दोस्रो नम्बरमा लिकिन्स्टाइन रहेको छ । त्यस्तै तेस्रो र चौथोमा क्रमश संयुक्त राज्य अमेरिका र हङकङ रहेका छन् । पाँचौमा स्वीडेन रहेको छ, जहाँ डाउनलोड स्पिड ७१.५६ एमबीट रहेको छ ।

याे सूचीमा नेपाल १३२ नम्बरमा रहेको छ । इन्टरनेट पुहँच र जनसंख्यालाई आधार मान्दा नेपालमा इन्टरनेटको डाउनलोड स्पिड १.५६ एमबीटमात्रै रहेको छ । न्यूनतम मासिक शुल्क १३.८ डलर अर्थात १६ सयको हाराहारीमा रहेको छ ।

जुन छिमेकी राष्ट्र भारत र चीनको तुलनमा भने सस्तो हो । प्रतिवेदन अनुसार भारतमा इन्टरनेटको न्यूनतम मासिक शुल्क १४.६ डलर रहको छ । भने, चीनमा २४ डलर रहेको छ । भारत र चीन उक्त सूचीको क्रमश: १०८ र ११४ स्थानमा रहेका छन् ।

प्रतिवेदन अनुसार भारतमा इन्टरनेट डाउनलोड स्पिड ३.५४ र चीनमा ०.१७ एमबीट रहेको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३