close

सस्तो मूल्यमा रियलमी नार्जो ३० सार्वजनिक हुँदै, यस्तो छ फिचर

टेकपाना टेकपाना

फागुन ६, २०७७ १८:१२

सस्तो मूल्यमा रियलमी नार्जो ३० सार्वजनिक हुँदै, यस्तो छ फिचर

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोनको रुपमा नार्जो ३० सिरिज सार्वजनिक गर्ने भएको छ । कम्पनीले बिहीबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा यसबारे जानकारी दिएको छ ।

साे जानकारी अनुसार उक्त फोन यही २४ तारिख अर्थात फागुन १२ गते सार्वजनिक हुनेछ । कम्पनीले नार्जो ३० सिरिजमा दुई वटा फोन उपलब्ध गराउनेछ । जसमा नार्जो ३०ए र नार्जो ३०प्रो ५जी रहेका छन् ।

साे अवसरमा कम्पनीले वायरलेस एयरफोन एयर२ बड्स पनि सार्वजनिक गर्नेछ । लञ्च इभेन्ट कम्पनीको ट्वीटर, फेसबुक तथा युट्युव च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिने छ ।

यो फोन फाइभजी स्मार्टफोनका रूपमा किफायती मूल्यमा आउने अपेक्षा गरिएको छ । पावरफुल गेमिङ रहने चर्चा गरिएकाे फोनमा डाइमेन्सीटी ८०० यू फाइभजी प्रोसेसर रहेको छ ।

याे फाेनमा तीन वटा क्यामेराकाे सेटअप रहेकाे छ । तर बजार मूल्य र कलर भेरियन्टको विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१