close

आईफोन र आईप्याडको होम स्क्रिनमा किन हुन्छ निलो थोप्लो ?

टेकपाना टेकपाना

फागुन ९, २०७७ १७:५४

आईफोन र आईप्याडको होम स्क्रिनमा किन हुन्छ निलो थोप्लो ?

काठमाडौं । कहिलेकाहिँ आईफोन र आईप्याडमा प्रयोग गर्दा तपाईंले कतिपय एपको नामको छेउमा ‘ब्ल्यु’ डट अर्थात निलो थोप्लो देख्नुभएको हुनुपर्छ । उक्त निलो थोप्लोको अर्थ के हो त ?

यहाँ हामी तपाईंहरुलाई उक्त थोप्लोका विषयमा जानकारी दिँदैछौं । यदि तपाईंले आईफोन र आईप्याडमा उक्त डट देख्नुभएको खण्डमा यो बुझ्नुहोस कि तपाईंको उक्त एप भर्खरैमात्र अपडेट भएको छ ।

An example of the blue update dot on an iPhone home screen.

एपमा नयाँ अपडेट भएसँगै देखिने उक्त डटले एपमा कुनै नयाँ फिचर थप भएको छ कि भनी प्रयोगकर्तालाई प्रयोग गर्न प्रेरित गर्ने उल्लेख गरिएको छ ।

उक्त डट तपाईं आफैले एप अपडेट गर्नुभएको खण्डमा पनि देखापर्नेछ । तर, यदि तपाईंले केही गर्नुभएको छैन र पनि उक्त डट देखिएको खण्डमा यो सम्झनुस कि तपाईंको उक्त एप अटोमेटिक अपेडटमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१