close

स्मार्टको रिचार्जमै बोनसमा डाटा, एसएमएस र टकटाइम

टेकपाना टेकपाना

मंसिर १०, २०७६ ११:३४

स्मार्टको रिचार्जमै बोनसमा डाटा, एसएमएस र टकटाइम

मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले मोबाइल रिचार्जमा आकर्षक बोनस समेत दिन थालेको छ । कम्पनीले एक सयदेखि हजार रुपैयाँसम्मको रिचार्जमा बोनसको रुपमा डाटा, टक टाइम र एसएमएस उपलब्ध गराउन थालेको हो ।

कम्पनीका अनुसार एक हजार रुपैयाँको रिचार्ज गर्दा ग्राहकले ९८०.४ रुपैयाँ ब्यालेन्सको साथमा ६ जीबी डाटा, दुई सय मिनेट टकटाईम र दुई सय एसएमएस निःशूल्क रुपमा उपयोग गर्न पाउनेछन् । यसैगरी पाँच सयको रिचार्जमा ४९०.२ रुपैयाँ ब्यालेन्सको साथमा तीन जीबी डाटा, सय मिनेट टकटाईम र सय ओटा एसएमएस बोनसको रुपमा पाउनेछन् ।

त्यस्तै, कम्पनीले सय रुपैयाँ र दुई सय रुपैयाँको रिचार्जमा समेत डाटा, एसएमएस र टकटाइम बोनसको रुपमा दिइरहेको छ । जसअनुसार सय र दुई सय रुपैयाँको रिचार्जमा क्रमशः ९८.०४ रुपैयाँ ब्यालेन्सको साथमा चार सय एमबी डाटा, १० मिनेट टकटाइम र १० ओटा एसएमएस तथा दुई सय रुपैयाँको रिचार्जमा १९६.०८ रुपैयाँ ब्यालेन्सको साथमा आठ सय एमबी डाटा, २० मिनेट टकटाइम र २० ओटा एसएमएस बोनसको रुपमा पाउने कम्पनीले जनाएको छ ।

यद्यपी, एक सय, दुई सय, पाँच सय र हजारको रिचार्जमा प्राप्त बोनस डाटा, टकटाइम र एसएमएस क्रमशः सात दिन, १५ दिन, ३०/३० दिनसम्म मात्र प्रयोग गर्न मिल्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१