close

यस्तो छ, आईप्याड प्रोलाई टक्कर दिने ह्वावेको मेटप्याड प्रो

टेकपाना टेकपाना

मंसिर १०, २०७६ १२:२९

यस्तो छ, आईप्याड प्रोलाई टक्कर दिने ह्वावेको मेटप्याड प्रो

ह्वावेले आईप्याड प्रो जस्तै १० दशमलव ८ इञ्चको ट्याब्लेट म्येटप्याड प्रो सार्वजनिक गरेको छ । यद्यपी मेटप्याड प्रो धेरैहदसम्म एप्पलको ११ इञ्च आईप्याड प्रोसँग मिल्दो जुल्दो रहेको विषय केही समय अघि भएको लिकबाट बाहिर आइसकेको थियो ।

४.९ एमएम बेजल्स युक्त मेटप्याड प्रोमा ८ मेगापिक्सेलको पञ्चहोल फ्रन्ट क्यामेरा समावेश छ । १२६०८ बाई १६०० रेजोलुसन युक्त डिस्प्ले रहेको यसले डीसीआई–पीथ्री कलर ग्यामुट समेत सपोर्ट गर्ने बताइएकाे छ । जसका कारण मेटप्याड प्रो स्पष्ट र चम्किलो पनि छ ।

साथै यस अघि उल्लेख गरिए झैँ खासगरी यसको किप्याड मेटप्याड प्रोसँग एकदमै मिल्दोजुल्दो देखिन्छ ।यसको तौल पनि ११ इञ्चको आइप्याड प्रोकै समान (४६० ग्राम) छ । यद्यपी, यो ५.९ एमएमको तुलनामा ७.२ एमएम बाक्लो भने छ । एन्ड्रोइड टेनमा आधारित ईएमयूआई १० युक्त ह्वावे मेटप्याडमा किरिन ९९० प्रोसेसर प्रयोग गरिएको छ । ईएमयूआईका कारण यसको अन्तरराष्ट्रिय भर्सन गुगलको प्लेस्टोरभन्दा केही फरक लाग्नेछ ।

१३ मेगापिक्सेलको मेन क्यामेरा रहेको मेटप्याडमा ४० वाट तारयुक्त फास्ट चार्जिङ (१५ वाट वायरलेस चार्जिङ) सहितको ७,२५० एमएएच ब्याट्री र क्वाड हर्मन कार्डोन स्पिकर  प्रयोग गरिएको छ । ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको मेटप्याडको मूल्य ३,२९९ युआन अर्थात नेपाली रुपैयाँ करिब ५४ हजार (स्टाइलस र किबोर्ड बाहेक) र आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको मेटप्याडको मूल्य ४,९९९ युआन अर्थात नेपाली रुपैयाँ ८१ हजार पाँच सय (स्टाइलस र किबोर्ड सहित) राखिएको छ । यद्यपी, नेपालमा यो कहिलो आउँछ,  अहिले नै भन्न सकिने अवस्था भने छैन ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१