close

गुगल क्रोमले अब थोरै र्‍याम प्रयोग गर्ने, यस्ता छन् नयाँ फिचर

टेकपाना टेकपाना

फागुन १०, २०७७ १२:१७

गुगल क्रोमले अब थोरै र्‍याम प्रयोग गर्ने, यस्ता छन् नयाँ फिचर

काठमाडौं । कम्प्युटरहरुमा हुने हाम्रा अधिकांश कामको बोझ वेब ब्राउजरहरुले थेग्दै आइरहेको अवस्था छ । अब आफ्नो वेब ब्राउजरले प्रयोग गर्ने र्‍यामको मात्रालाई घटाउन गुगलले क्रोममा नयाँ अपडेट ल्याउने भएको छ । 

नयाँ रिपोर्ट अनुसार गुगल हाल ‘पार्टिसन एलोक- एभ्रिह्वेयर’ मा काम गर्दैछ । यसले विण्डोज १०, एन्ड्रोइड, लिनक्स र अन्य धेरै प्लेटफर्महरुमा गुगलको क्रोम ब्राउजरको पर्फमेन्सलाई सुधार गर्नेछ ।

‘पार्टिसन एलोक- एभ्रिह्वेयर’ एकपटक क्रोमको सोर्स कोडसँग मर्ज भइसकेपछि यसले ब्राउजरलाई धेरै छिटो स्टार्ट हुने बनाइदिन्छ । यसबाहेक इन्टर्नल पेजहरुलाई छिटो लोड गराउने, सुधारिएको रिसोर्स म्यानेजमेन्ट दिने गर्दछ, जसले परिणामस्वरुप कम र्‍याम खपत गर्दछ ।

गुगलले क्रोममा पार्टिसन एलोकलाई थप गर्न गत वर्षदेखि नै काम गर्दै आएको छ । हाल गुगलले एन्ड्रोइड र विण्डोजमा ब्राउजरको बेटा च्यानलमा यसलाई रोलआउट गर्दैछ । कम्पनीले यो फिचर लिनक्समा पनि ल्याएको छ तर, त्यहाँ भने यसको कार्यान्वयनमा केही समस्या देखिएको छ । 

यस परियोजनामाथि काम गरिरहेका गुगलका इन्जिनियरका अनुसार पार्टिसन एलोक विण्डोज र एन्ड्रोइ ८ मा डिफल्ट राखिसकिएको छ ।

साथै गुगलले क्रोममा मेमोरी युसेज घटाउने उद्देश्यका साथ अर्को एउटा प्रयोग पनि सुरु गरेको छ, जसमा उसले ब्राउजरको रेगुलर र अलाइन पार्टिसनलाई मर्ज गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१