close

१२ जीबी र्‍याम र १२५ वाटको फास्ट चार्जिङ सहित फाइभजी फोन ल्याउँदै रियलमी

टेकपाना टेकपाना

फागुन १०, २०७७ १३:७

१२ जीबी र्‍याम र १२५ वाटको फास्ट चार्जिङ सहित फाइभजी फोन ल्याउँदै रियलमी

काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन ‘रियलमी जीटी’ बजारमा ल्याउन लागेको छ । ‘रेस’ कोड नाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो ।

याे फाेनमा १२ जीबी र्‍याम, २५६ जीबी स्टोरेज, एन्ड्रोइड ११, स्न्यापड्रागन ८८८, फाइभजी सपोर्ट, ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, १२० हर्ज रिफ्रेस रेट सहितको ६.८ इन्च डिस्प्ले, १२५ वार्टको अल्ट्राडार्ट फास्ट चार्जिङ सपाेर्टसहितको ५ हजार एमएएचको ब्याट्री लगायतका विशेषता रहेकाे बताइएकाे छ ।

नेपाली बजारमा यसको मूल्य ७० हजार रुपैयाँको हारहारीमा आउने अनुमान गरिएको छ । रियलमीको जीटी ब्राण्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रूत गतिमा ट्रेन्डसेटिङको रूपमा देखापर्ने विश्वास कम्पनीको छ ।

हाल विश्वभर रियलमीका इन्ट्री लेभलदेखि फ्ल्यागशिप लेभलसम्मका ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोनहरू तीव्र रुपमा लोकप्रिय बन्दै गएका छन् ।

कम्पनीले ‘जीटी’ ब्राण्डको यो स्मार्टफोन नयाँ पुस्ताका युवाको मागलाई सम्बोधन गर्ने गरी निर्माण गरेको बताएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१