close

आईटी पढ्न चाहने २ हजार विद्यार्थीलाई समेट्दै सकियो करियर फेस्ट

टेकपाना टेकपाना

फागुन ११, २०७७ १०:३३

आईटी पढ्न चाहने २ हजार विद्यार्थीलाई समेट्दै सकियो करियर फेस्ट

काठमाडौं । करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले १२ कक्षाको परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको ‘करियर फेस्ट’ सम्पन्न भएको छ । फागुन १० गते राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा १२ कक्षापछि के पढ्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श दिइएको कार्यक्रमका एक्जुकेटिभ डाइरेक्टर विशाल केसीले बताए ।

कार्यक्रममा सनवे, टेक्सास, प्रेसिडेन्टल, आईआईएमएस लगायतका कलेजले आईटी पढ्न चाहने विद्यार्थीलाई परामर्श दिएका थिए । दुई हजार विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा बीस भन्दा बढी कलेजको बारेमा विद्यार्थीहरुले एकै ठाउँबाट जानकारी प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा, रास्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, कुलमान घिसिङ, बैंकर मनोज ज्ञवाली र सृष्टी केसीले विद्यार्थिलाई आफ्ना अनुभव शेयर गर्दै मार्गनिर्देशन गरेका थिए ।

कार्यक्रममा कमेडियन एवम् मोटिभेसनल स्पिकर सन्दीप क्षेत्री, गायक अल्मोडा राना उप्रेती र क्रिसल कँडेल लगायतको प्रस्तुति समेत रहेको थियो।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१