close

कम्प्युटर सुरक्षाका लागि के ‘विण्डोज डिफेण्डर’ पर्याप्त छ ?

टेकपाना टेकपाना

फागुन १३, २०७७ १७:४७

कम्प्युटर सुरक्षाका लागि के ‘विण्डोज डिफेण्डर’ पर्याप्त छ ?

काठमाडौं । कम्प्युटर डिभाइसलाई माल्वेयरविरुद्द जोगाउन कुनै समय माइक्रोसफ्ट डिफेन्डरलाई एउटा कमजोर रक्षकको रुपमा लिइन्थ्यो । तर आजभोलि माइक्रोसफ्ट डिफेण्डरले आफूले आफूलाई बलियो र राम्रो बनाउँदै लगेको छ ।

माइक्रोसफ्ट डिफेण्डर विण्डोज टेनभित्र सम्मिलित भएको माइक्रोसफ्टको आफ्नै एन्टीभाइरस हो ।तर यो कति हदसम्म बलियो र सुरक्षित छ भन्ने अर्को प्रश्न उठ्न सक्छ ।

अनलाइनमा देखा परिरहने विभिन्न प्रकारका हानिकारक तत्वबाट माइक्रोसफ्ट डिफेण्डरले पर्याप्त सुरक्षा दिनसक्छ त ? वा प्रयोगकर्ताले कुनै थर्ड पार्टी एन्टीभाइरस एप डाउनलोड गर्नुपर्ने होइन ?

माइक्रोसफ्ट डिफेण्डरमा भएको ठूलो सुधार

अहिले फ्रि एन्टीभाइरसको जगतमा माइक्रोसफ्ट डिफेण्डरलाई एक शक्तिशाली खेलाडीको रुपमा हेरिन्छ । उसको अवस्था पहिलेको तुलनामा धेरै सुदृढ बनेको छ । एन्टीभाइरस एपहरुलाई नियमित परीक्षण गरिरहने ठूला ठूला स्वतन्त्र प्रयगशालाहरुले पनि यसको मूल्याङ्कन गरिसकेका छन् ।

गत वर्षको जुलाई र अक्टोबरबीच एभी कम्प्याराटिभ्सले गरेको रियल वर्ल्ड प्रोटेक्सन परीक्षणमा माइक्रोसफ्ट डिफेण्डरले ९९.५ प्रतिशत थ्रेटहरुलाई रोक्न सफल भएको थियो । यसबाट एडभान्स रोबोस्ट स्टाटस प्राप्त गर्दै १७ एन्टीभाइरसमध्ये १२ औं स्थानमा पुग्न सफल भएको थियो ।

यस्तै एभी टेस्टको २०२० को परीक्षणमा अघिल्ला चार परीक्षणहरुको तुलनामा उसले पूर्णाङ्क तोडेको थियो ।

यस्तै एसई ल्याबको होम एन्टी माल्वेयर प्रोटेक्सन रिपोर्ट २०२० को चौंथो त्रैमासिक परीक्षणमा पनि डिफेण्डरले ९९ प्रतिशत एक्योरेसी रेटिङ प्राप्त गर्दै १३ मध्ये पाँचौं स्थानमा पर्न सफल भएको थियो । जुन स्थान र परिणाम निकै अग्रगामी मानिएको थियो ।

यी परीक्षणहरुले पनि पछिल्लो समय माइक्रोसफ्ट डिफेण्डर माल्वेयर थ्रेट रोक्ने मामिलामा निकै नै शक्तिशाली रहेको देखिन्छ । यद्यपि यो अन्य केही निःशुल्क एन्टीभाइरस जत्तिको भने शक्तिशाली छैन ।

यसको अर्थ माइक्रोसफ्ट डिफेण्डर जतिसुकै बलियो र शक्तिशाली बने पनि अन्य केही निःशुल्क एन्टीभाइरसहरुको अगाडि यो नै तपाईंका लागि उपयुक्त विकल्प बन्ने छैन ।

सिमलेस इन्टिग्रेसन

माइक्रोसफ्ट डिफेण्डरको एउटा महत्वपूर्ण फाइदा भनेको यो विण्डोज टेनसँग पूर्णरुपमा मिसिएको छ ।

प्रविधिको बारेमा खासै जानकारी नहुने विशेषगरी एन्टीभाइरस नै के हो भन्ने कुरा समेत थाहा नहुनेका लागि माइक्रोसफ्ट डिफेण्डर एउटा राम्रो विकल्प हो । किनभने यो बाई डिफल्ट त्यसमा हुन्छ । कुनै अन्य थर्ड पार्टी एप जसरी इन्स्टल गरिरहनु पर्दैन ।

तर यदि तपाईंलाई अन्य निःशुल्क एन्टीभाइरसका बारेमा थाहा छ भने त्यसलाई सजिलै डाउनलोड तथा इन्स्टल गर्न सक्नुहुन्छ ।

तपाईंको कम्प्युटरका लागि माइक्रोसफ्ट डिफेण्डर उपयुक्त छ त ?
यसको सटिक उत्तर भनेको केही हदसम्म सकरात्मक छ । वास्तवमा माइक्रोसफ्ट डिफेण्डरले तपाईंको डिभाइसलाई सामान्य माल्वेयरबाट बचाउन सक्छ । साथै पछिल्लो समय एन्टीभाइरस इन्जिनको दृष्टिले यसमा धेरै सुधार पनि भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४