close

बिटक्वाइनमा किन लगानी गर्दैनन् बिल गेट्स ?

टेकपाना टेकपाना

फागुन १५, २०७७ २०:५३

बिटक्वाइनमा किन लगानी गर्दैनन् बिल गेट्स ?

काठमाडौं । माइक्रोसफ्टका संस्थापक तथा पूर्व सीईओ बिल गेट्सले बिटक्वाइनमा लगानी गरेका छैनन् । सोसल नेटवर्क क्लब हाउसमा भएको लाइभ च्याटमा बिल गेट्सले त्यस्तो बताएका हुन् ।  

गेट्सले कार्यक्रम प्रस्ताेता एन्ड्रयु सोर्किनसँग कुरा गर्दै आफू वस्तु उत्पादन गर्ने कम्पनीहरुमा लगानी गर्न मन पराउने भनाइ राखे । मलेरिया तथा दादुरा खोप निर्माणजस्ता क्षेत्रमा आफूले लगानी गर्ने उनले बताए ।

विश्वका एक धनाढ्य बिल गेट्सले आफू एउटा वस्तुको मूल्य अर्कोसँग तुलना गरेर लाभको आधारमा लगानी नगर्ने बताए । 

गेट्सले यसअघिको अन्तर्वार्तामा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीप्रति टेस्ला संस्थापक एलन मस्कको उत्साहको बारेमा कुरा गरेका थिए ।

उनले एलन मस्कसँग धेरै पैसा भएको र उनी एकदमै सफिस्टिकेटेड भएको कारण बिटक्वाइनमा लगानी गरेको बताए । साथै मस्कको बिटक्वाइन बढे पनि, घटे पनि आफूलाई त्यसको सरोकार नहुने बताए । 

केही हप्ताअघि टेस्लाले डेढ अर्ब डलरको बिटक्वाइन खरिद गरेको घोषणा गरेपछि भर्चुअल मुद्राको मूल्य एक्कासी बढेकाे थियाे ।

अमेरिकी अर्थमन्त्री ज्यानेट यालेनले बिटक्वाइनलाई कारोबार सम्पन्न गर्न अति अप्रभावकारी तरिकाको रुपमा व्याख्या गरेका छन् ।

बिल गेट्सको कुरा गर्दा बिटक्वाइनप्रति उनको धारणा पहिलेदेखि नै सकरात्मक थिएन । उनले २०१८ मा सीएनबीसीसँगको एक अन्तर्वार्तामा आफ्नो हातमा भए बिटक्वाइनलाई सर्ट गरिदिने बताएका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४