close

एसिया क्षेत्रमा मोबाइल प्रविधिको इकोसिस्टम तयार पार्दै ह्वावे

टेकपाना टेकपाना

फागुन १६, २०७७ १६:५४

एसिया क्षेत्रमा मोबाइल प्रविधिको इकोसिस्टम तयार पार्दै ह्वावे

काठमाडौं । ह्वावेले मोबाइल सर्भिस इकोसिस्टमका लागि विकासकर्ता तथा साझेदारलाई सशक्त बनाउन सिंगापुरको एसिया प्यासिफिकमा आफ्नो पहिलो डिजिक्स (DIGIX) ल्याब सञ्चालनमा ल्याएको छ । प्रविधि इकोसिस्टमको विकास र एसिया प्यासिफिक क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउन कम्पनीले उक्त ल्याब अघि बढाइएको हो ।

एसिया प्यासिफिक क्षेत्रमा भइरहेको प्रविधिको विकासमा सिंगापुरले खेलेको भूमिकालाई मध्यनजर गर्दै ह्वावेले यस क्षेत्रको मोबाइल ईकोसिस्टमलाई बढावा दिन उक्त ल्याब सञ्चालनमा ल्याएको हो ।

ह्वावे मोबाइल सर्भिसका लागि आवश्यक कोर किट्सका साथै अन्य प्रविधियुक्त उक्त ल्याबमार्फत विकासकर्तालाई उनीहरुको मोबाइल एप विकासका क्रममा सहयोग पुर्‍याउने उल्लेख गरिएको छ ।

‘डिजिक्स ल्याबले एप विकासका टुलहरुबाट विकासकर्तालाई सहज बनाएर उनीहरुलाई निखार्न मद्दत गर्नेछ,’ ह्वावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले भने, ‘यसले डिजिटल स्पेसको भविष्यलाई सुदृढ गर्ने अपेक्षा कम्पनीको छ ।’

उनका अनुसार ह्वावेले एसिया प्यासिफिक क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउन, प्रविधि इकोसिस्टम विकास गर्न यस क्षेत्रका आफ्ना साझेदारसँग मिलेर धेरै कार्यक्रम अघि बढाउने छ ।

डिजिक्स ल्याबसँगै ह्वावेले यस क्षेत्रमा आफ्नो मोबाइल इकोसिस्टमलाई अझ प्रभावकारी बनाउने एप ग्यालरीमा अधिक स्थानीय इन–डिमाण्ड एप ल्याउने घोषणा गरेको समेत उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४