close

सबैभन्दा भरपर्दो माध्यममा गुगलको अग्रता, फेसबुक र टिकटक पुछारमा

टेकपाना टेकपाना

फागुन १९, २०७७ २०:२६

सबैभन्दा भरपर्दो माध्यममा गुगलको अग्रता, फेसबुक र टिकटक पुछारमा

काठमाडौं । इन्टरनेट प्रयाेगकर्ताका लागि गुगल सबैभन्दा भरपर्दो प्लेटफर्म बनेकाे छ । एसईओक्लियारिटी नामक कम्पनीले गरेको एक सर्वेक्षणअनुसार गुगलले सर्वाधिक विश्वास जित्दा टिकटक र फेसबुक भने पुछारमा छन् ।

यो अध्ययन अमेरिकामा केन्द्रित भएर गरिएकाे थियो । सर्वेक्षेणमा ४० प्रतिशतले फेसबुक र टिकटकमाथि विश्वास नगर्ने बताएका छन् । उक्त सर्वेक्षण कुल १ हजार ५७ जनामा भएको थियो । जसमा धेरै जसले सोसल मिडियाको नियमनका लागि थप काम गर्नुपर्ने धारण राखेका छन् ।

अध्ययनअनुसार सबैभन्दा बढी विश्वास गर्ने गरिने प्लेटफर्ममा गुगल पहिलो नम्बरमा रहेको छ भने अमेजन, माइक्रोसफ्ट र एप्पल क्रमश: उक्त सूचीको दोस्रो, तेस्रो र चौंथो स्थानमा रहेका छन् । भने, टिकटक, ह्वावे र फेसबुक सूचीकाे अन्त्यमा रहेका छन् ।

seo-clarity-google-trust.png

सर्वेक्षणअनुसार ६५.७ प्रतिशतले गुगलमाथि विश्वास रहेको उल्लेख गरेका छन् । भने, ६५.१ प्रतिशतले अमेजन, ६४.९ प्रतिशत माइक्रोसफ्ट र ६३.६ प्रतिशतले एप्पलमा विश्वास रहेको बताएका छन् ।

तर, फेसबुकमाथि जम्मा ३७ प्रतिशतले विश्वास व्यक्त गरेका छन भने टिकटकप्रति जम्मा २८.१ प्रतिशतले मात्रै विश्वास लाग्ने बताएका छन् । त्योभन्दा रोचक कुरा अमेरिकाले नै प्रतिबन्ध लगाएको ह्वावेप्रति पनि ३० प्रतिशत सहभागीले विश्वास व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१