close

के हो स्क्रिनको एस्पेक्ट रेसियो ? सजिलै यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

फागुन २१, २०७७ १०:५८

के हो स्क्रिनको एस्पेक्ट रेसियो ? सजिलै यसरी बुझ्नुहोस्

काठमाडौं । जब तपाईं टिभी, स्मार्टफोन जस्ता कुनै पनि स्क्रिन भएका डिभाइस खरिद गर्नुहुन्छ, स्क्रिनको एस्पेक्ट रेसियो डिस्क्रिप्सनमा दिइएको हुन्छ । तर वास्तवमा एस्पेक्ट रेसियो के हो, यसले के काम गर्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन ।

आज हामी तपाईंलाई एस्पेक्ट रेसियोको बारेमा सजिलोसँग बुझ्नेगरी बताउँदै छौं । वास्तवमा एस्पेक्ट रेसियो भनेको स्क्रिनको लम्बाई र चौंढाईको अनुपात हो ।

यसले स्क्रिनको आकारलाई वर्णन गर्दछ । अहिलेका अधिकांश ल्यापटप तथा टेलिभिजनहरुमा पाइने अनुपात भनेको १६:९ हो । तर डिभाइस अनुसार यिनीहरुको एकाई सेन्टीमिटर, इन्च तथा मिलिमिटरमा फरक हुन्छ ।

करिब सन् २००४ देखि २००७ तिर हामीहरुको घरमा हेरिने टिभीहरुको रेजोलुसन एसडी अर्थात् स्ट्याण्डर्ड डेफिनेसन हुने गर्दथ्यो । जसको स्क्रिन ४:३ को एस्पेक्ट रेसियोमा हुने गर्दथ्यो ।

यसको अर्थ चार इन्चको चौढाई थियो भने उचाई तीन इन्चको हुन्थ्यो । पछिल्लो समयमा डिभाइस, स्क्रिन, पिक्सेल तथा रेजोलुसनको प्रविधि अद्यावधिक हुँदै जाने क्रममा अहिले एस्पेक्ट रेसियो १६:९ पुगेको हो ।

अझ पछिल्लो समय त फूल भ्यू मोबाइलहरु बजारमा आएका छन् । यसको एस्पेक्ट रेसियो भने १८:९ पुगेको छ ।

यो नयाँ एस्पेक्ट रेसियोमा चौडाई ठूलो देखिन्छ भने यसको लम्बाई चाहिँ ठीक आधा पाइन्छ । १८:९ को ट्रेडिङको सुरुवात भने एलजी कम्पनीले गरेको हो । 

तपाईंलाई लाग्न सक्ला फोनको लम्बाई बढाएर चौडाईलाई चाहिँ किन उस्तै राखियो ? यसको पछाडिको कारण भनेको कम्पनीहरु स्क्रिन ठूलो बनाउन चाहन्छन् ।

त्यसका लागि स्क्रिनको लम्बाइ बढाउँछन् । तर फोनलाई समात्न गाह्रो नहोस् भनेर चौडाईलाई चाहिँ उस्तै राख्छन् । 

एस्पेक्ट रेसियो बढाउनुको मूख्य उद्देश्य भनेको फोनलाई हातमा अट्ने बनाएर त्यसको डिस्प्ले साइज बढाउनु हो ।  स्क्रिनको आकार मात्र होइन डिस्प्लेमा भएका पिक्सलहरु पनि सधैं एस्पेक्ट रेसियो बराबरकै अनुपातमा हुन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१