close

गुगल सर्चलाई सजिलो बनाउने ६ स्मार्ट ट्रिक्स

टेकपाना टेकपाना

फागुन २२, २०७७ १७:४१

गुगल सर्चलाई सजिलो बनाउने ६ स्मार्ट ट्रिक्स

काठमाडौं । इन्टरनेटको पहुँच र प्रयोग बढ्दै गएसँगै अहिलेको समयमा हामीले कुनै पनि कुरा खोज्नका लागि गुगल सर्चको प्रयोग गरिरहेका हुन्छौं । सामान्य रुपमा सर्च गरेर काम चलाउने धेरै प्रयोगकर्तालाई गुगलका थुप्रै ‘हिडन ट्रिक्स’ को विषयमा जानकारी हुँदैन ।

आज हामी तपाईंलाई गुगलका यस्ता ६ वटा ट्रिक्सको बारेमा बताउँदै छौं, संभवतः तपाईंलाई पनि ती ट्रिक्स थाहा नहुने सक्छ । यी ट्रिक्सले अवश्य पनि तपाईंको गुगल सर्चलाई थप सहज र उपयोगी बनाउनेछ ।  

१. हरेक लिङ्क नयाँ ट्याबमा

तपाईं कुनै कुरा गुगलमा खोज्दै हुनुहुन्छ भने एउटा मात्र होइन, विभिन्न लिङ्कहरुमा क्लिक गरिरहनु भएको हुन्छ । यस्तो अवस्थामा तपाईं हरेक लिङ्कमा गएर राइट क्लिक गर्दै ओपन इन न्यू ट्याब गर्नुहुन्छ ।

यो प्रक्रिया निकै लामो र झन्झटिलो हुन्छ । तपाईंले हरेक लिङ्क खोल्दा राइट क्लिक गरी त्यसलाई नयाँ ट्याबमा खोल्दै जानुपर्ने हुन्छ । यस्तो कामलाई सहज बनाउने एउटा ट्रिक छ, जसबाट लिङ्कमा एक क्लिक गरेकै भरमा नयाँ ट्याबमा खुल्ने हुन्छ । 

यसका लागि ब्राउजरमा गुगल डटकम खोल्नुहोस् र तल दायाँ कुनामा रहेको सेटिङमा क्लिक गर्नुहोस् ।

अब त्यसमा रहेको सर्च सेटिङमा क्लिक गर्नुहोस् र त्यसमा अलि तल रहेको ह्वेर रिजल्ट्स ओपनमा रहेको ओपन इच सेलेक्टेड रिजल्ट्स इन अ न्यु ब्राउजर विण्डोमा टिक लगाउनुहोस् र सेभ गर्नुहोस् । यति गरेपछि अब तपाईंले गुगल सर्च गर्दा देखिने लिङ्कमा क्लिक गर्दा सोझै नयाँ ट्याबमा खुल्नेछन् । 

२. वर्ड प्रोनाउन्स (शब्दको उच्चारण)

कहिले काहिँ नयाँ नयाँ शब्दहरु आउँछन् । अथवा थाहा भएकै शब्दको पनि उच्चारणमा दुविधा हुने गर्दछ । यस्तोमा अरु कसैलाई सोध्नु पनि लज्जाबोध महसुस हुने गर्दछ र सोध्न सकिरहेका हुँदैनौं ।

यस्तै समस्याको सामना गरिरहनु भएको छ भने अब तपाईंले अरु कसैलाई सोधिरहनु पर्ने बाध्यता छैन । सामान्य रुपमा गुगलको सहयोगमा सहजै तपाईंले कुनै पनि शब्दको सही उच्चारण थाहा पाउन सक्नुहुन्छ ।

यसका लागि गुगलमा ‘Pronounce’ लेख्नुहोस् र त्यसपछि तपाईंलाई जुन शब्दको उच्चारण थाहा पाउनुपर्ने हो, त्यसलाई राखेर सर्च गर्नुहोस् । यति गरेपछि तपाईंले सहजै शब्दको सही उच्चारण फेला पार्न सक्नुहुनेछ । 

३. एउटै पेजमा धेरै रिजल्ट

तपाईंले गुगल सर्च गर्दा ख्याल गर्नु भएकै छ होला, सधैं टप टेन रिजल्ट मात्र देखिने गर्दछन् । तर यदि तपाईंले चाहनु भयो भने धेरै रिजल्टहरु एउटै पेजमा पाउन सक्नुहुनेछ ।

यसका लागि ब्राउजरमा सुरुमा गुगल डटकम टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् । अब तपाईंले दायाँतर्फ तल कुनामा सेटिङ अप्सन देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस् ।

अब त्यहाँ तपाईंले सर्च सेटिङ फेला पार्नुहुनेछ । त्यसभित्र जानुभयो भने तपाईंले रिजल्ट्स पर पेजको विकल्प फेला पार्न सक्नुहुनेछ । त्यसबाट तपाईंले २०, ३०, ४०, ५०, १०० गरी कति रिजल्ट देखिने बनाउने भन्ने कुरा तय गरेर सेभ गर्न सक्नुहुनेछ । 

४. गुगल सेफ सर्च

तपाईंको घरमा बालबालिका छन् र उनीहरुको गुगल सर्चलाई सुरक्षित बनाउन चाहनुहुन्छ भने तपाईंका लागि यो टिप्स निकै उपयोगी हुनेछ । यसका लागि वेब ब्राउजरमा गुगल खोल्नुहोस् र तल दायाँतर्फ रहेको सेटिङभित्रको सर्च सेटिङमा प्रवेश गर्नुहोस् ।

अब त्यसमा तपाईंले सुरुमै सेफ सर्च फिल्टरको विकल्प देख्न सक्नुहुनेछ । त्यसको मुनी रहेको टर्न अन सेफ सर्चमा टिक लगाउनुहोस् र सेभ गर्नुहोस् । यसो गर्दा तपाईंका बालबालिकाले गुगलमा कुनै  कुरा सर्च गर्दा १८+ अर्थात एडल्ट कन्टेन्ट देखिने छैनन् । 

५. आफ्नै भाषा

यदि तपाईं आफ्नै भाषामा गुगलको सर्च इन्जिन प्रयोग गर्न चाहनुहुन्छ भने यो सेटिङ तपाईंका लागि उपयोगी हुनेछ । यसका लागि गुगलमा गएर तल दायाँतर्फ रहेको सेटिङ हुँदै सर्च सेटिङभित्र जानुहोस् ।

अब तपाईंले सुरुमै ल्याङ्ग्वेज अप्सन देख्न सक्नुहुनेछ । त्यसमा तपाईंले आफूलाई चाहिएको भाषा छनौट गरी सेभ गर्न सक्नुहुनेछ । यसो गर्दा तपाईंले गुगलमा सर्च गर्ने सबै रिजल्ट तपाईंले चाहेकै भाषामा देखा पर्नेछन् । 

५. सर्च हिस्ट्री

यदि तपाईंले जिमेल लगइन गर्नुभएको छ र गुगल सर्च गर्दै हुनुहुन्छ भने तपाईंले गर्ने सबै सर्चको रेकर्ड गुगलको हिस्ट्रीमा बस्ने गर्दछ । यस्तोमा तपाईं आफ्नो सर्च हिस्ट्री मेटाउन समेत सक्नुहुनेछ ।

यसका लागि गुगल डटकम खोलीसकेपछि तल दायाँतर्फ कुनामा रहेको सटिङमा क्लिक गर्नुभयो भने त्यहाँ तपाईंले सर्च हिस्ट्रीको अप्सन देख्न सक्नुहुनेछ ।

अब त्यसमा क्लिक गर्नुभयो भने तपाईंले इन्टरनेटमा केके सर्च गर्नुभयो, के के कुरा हेर्नु भयो भन्ने सबैको हिस्ट्री बसेको फेला पार्नुहुनेछ । तपाईंले त्यहाँ रहेको डिलिटी एक्टिभिटी अप्सनमा गएर आफ्नो अनलाइन हिस्ट्री मेटाउन सक्नुहुनेछ । 

६. गुगल क्याश

यदि तपाईंले गुगल सर्च गर्दा ख्याल गर्नु भएको छ भने लिङ्कसँगै ड्रप डाउन एरो अर्थात तलतर्फ फर्केको एउटा संकेत देख्नु भएकै होला । के तपाईंलाई थाहा छ यसको काम के हो ?

त्यसो त धेरैजसो प्रयोगकर्ताले यसलाई ख्याल गरेकै हुँदैनन् अथवा बेवास्ता गरिरहेका हुन्छन् । यदि तपाईंले ड्रप डाउन एरोमा क्लिक गर्नुभयो भने क्याशको अप्सन देख्नुहुनेछ ।

यसबाट तपाईंले उक्त वेबसाइट गुगलमा स्क्रोल हुँदा कस्तो देखिएको थियो भन्ने कुरा हेर्न सक्नुहुनेछ । 

याे पनि पढ्नुहाेस् : गुगल सर्चमा झुक्किएर पनि नखोज्नुहोस् यस्ता कुरा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१