close

कस्तो छ तपाईंको ल्यापटपको ब्याट्री ? सजिलै यसरी चेक गर्नुहोस्

टेकपाना टेकपाना

असोज ७, २०७८ ९:१४

कस्तो छ तपाईंको ल्यापटपको ब्याट्री ? सजिलै यसरी चेक गर्नुहोस्

काठमाडौं । विण्डोज टेन प्रयोगकर्ताका लागि एउटा खुशीको खबर आएको छ । विण्डोज टेन ल्यापटपमा अब ब्याट्री रिपोर्ट फिचर आउने भएको छ । जसले तपाईंको ब्याट्री अझै चल्छ वा अन्तिम अवस्थामा छ भन्ने कुराको जानकारी दिनेछ ।

केही सामान्य कमाण्डको मद्दतले तपाईंले एचटीएमएल फाइल निकालेर त्यसमा ब्याट्री युसेज डेटा (ब्याट्री प्रयोगको आँकडा), क्यापासिटी हिस्ट्री (विगतको ब्याट्री क्षमता) र लाइफ इस्टिमेट्स (अनुमानित आयू) हेर्न सक्नुहुन्छ । यदि कुनै ब्याट्री परिवर्तन गर्नुपर्ने अवस्थामा छ भने यो फिचरले तपाईंलाई परिवर्तन गर्न अलर्ट दिन्छ । 

पावरसेलमा ब्याट्री रिपोर्ट निकाल्नुहोस् 

विण्डोज पावरसेलको माध्यमबाट ब्याट्री रिपोर्ट निकाल्न सकिन्छ । विण्डोज पावरसेल एउटा ब्युल्ट-इन कमाण्ड लाइन टुल हो । जसलाई सायद तपाईंले यसअघि कहिल्यै प्रयोग गर्नुभएको छैन ।

यसमा पहुँच बनाउन ‘Start’ आइकनमा राइट क्लिक गरेर मेनुबाट विण्डोज पावरसेल (एडमिन) चयन गर्नुहोस् । अब एउटा विण्डोज पप-अप भएर तपाईंलाई डिभाइसमा परिवर्तन गर्ने अनुमति माग्न सक्छ । त्यसमा ‘Yes’ क्लिक गरिदिनुहोस् ।

यति गरेपछि निलो पावरसेल कमाण्ड विण्डोजमा देखा पर्दछ । विण्डोज १० मा केही टास्कहरूलाई अटोमेट गर्न यहाँभित्र तपाईंले कमाण्ड इन्ट्री गर्ने अनुमति पाउनुहुन्छ । विण्डो powercfg /batteryreport /output “C:\battery-report.html” टाइप वा पेस्ट गरेर इन्टर दबाउनुहोस् । यति गरेपछि कमाण्ड रन हुन्छ ।

यति भइसकेपछि पावरसेलले तपाईंलाई देखाएको ब्याट्री लाइफ रिपोर्ट एचटीएमएल फाइलको नाम र तपाईंको कम्प्युटरमा त्यो कहाँ सेभ भएर बसेको छ लगायतका सबै जानकारी दिन्छ ।

यसलाई ब्याट्री-रिपोर्ट एचटीएमएल भनिन्छ र जुन सी ड्राइभमा सेभ भएर बसेको हुन्छ । अब तपाईंले सुरक्षित रुपमा पावरसेल बन्द गर्न सक्नुहुन्छ । 

ब्याट्री रिपोर्ट हेर्नुहोस् 

विण्डोज फाइल एक्सप्लोरर खोल्नुहोस् र सी ड्राइभमा एक्सेस गर्नुहोस् । त्यहाँ तपाईंले ब्याट्री लाइफ रिपोर्ट एचटीएमएल फाइलमा सेभ भएर बसेको पाउनुहुन्छ । त्यो फाइललाई खोल्न डबल क्लिक गर्नुहोस् । अब त्यो तपाईंको वेब ब्राउजरमा खोलिनेछ ।

यो रिपोर्टमा तपाईंको ल्यापटप ब्याट्रीको स्वास्थ्य अवस्था सरसर्ती देख्न सक्नुहुनेछ । त्यसले कतिको राम्रो काम गरिरहेको छ र यो कति समय टिक्न सक्छ, यस्ता सबे कुरा त्यहाँ देख्न सकिन्छ । ब्याट्री रिपोर्टको सबैभन्दा माथि कम्युटरको आधारभूत जानकारी र ब्याट्री स्पेसिफिकेसन पनि यसमा हेर्न मिल्छ ।  

त्यहाँ दिइएको रिसेन्ट युसेज सेक्सनमा तपाईंले ल्यापटप ब्याट्री पावरमा जोडिएको र एसी पावरमा अट्याच भएको समय देख्नुहुनेछ । पछिल्लो तीन दिनमा ल्यापटपबाट ब्याट्री कतिपटक ड्रेन (घट्यो) भयो, त्यो कुरा ब्याट्री युसेज सेक्सनमा देख्न सक्नुहुन्छ ।

यस्तै युसेज हिस्ट्रीमा तपाईंले आफ्नो ब्याट्री यूसेजको पुरा इतिहास देख्न सक्नुहुन्छ । त्यहाँ भएको ब्याट्री क्यापासिटी हिस्ट्री सेक्सनमा समयअनुसार ब्याट्री क्षमता कसरी परिवर्तन भइरहेको छ, त्यो पनि देख्न सकिन्छ ।

यस्तै दायाँतिर ब्याट्रीको डिजाइन क्यापासिटी वा कतिसम्म क्षमता ह्याण्डल गर्न ब्याट्री डिजाइन भएको हो भन्ने कुरा देख्न सकिन्छ । बाँयातिर तपाईंले ल्यापटपको ब्याट्रीको अहिलेको फुल चार्ज क्षमता देख्न सक्नुहुन्छ ।

यहाँबाट तपाईं ब्याट्री लाइफ इस्टिमेट्स सेक्सनमा पुग्न सक्नुहुन्छ । दाँयातिर यसको डिजाइन क्षमता अनुसार यो कति समय टिक्नुपर्ने हो भन्ने कुरा देख्न सकिन्छ भने बायाँतिर यो कति समय टिकिरहेको छ भनेर देखिन्छ । फाइनल ब्याट्री लाइफ इस्टिमेसन रिपोर्टको तलतिर रहेको हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१