close

बौद्धिक चोरी रोक्न सफ्टवेयर प्रयोग गर्दै खुला विश्वविद्यालय

टेकपाना टेकपाना

फागुन २६, २०७७ १७:३५

बौद्धिक चोरी रोक्न सफ्टवेयर प्रयोग गर्दै खुला विश्वविद्यालय

काठमाडौं । पछिल्लो समय एकपछि अर्को विश्वविद्यालयहरुले बौद्धिक चोरीलाई रोक्न सफ्टवेयर (प्लेजरिजम चेकिङ सिस्टम) प्रयोगका लागि पहल थालेका छन् । 

दूरशिक्षा अभ्यास गर्दै आइरहेको नेपाल खुला विश्वविद्यालयले पनि अब प्लेजरिजम चेकिङ सफ्टवेयरको प्रयोग गर्ने भएको छ । 

विश्वविद्यालयले ई-पुस्तकालय तथा सिकाई व्यस्थापन प्रणाली अन्तर्गत सफ्टवेयर सब्सक्रिप्सन उपलब्ध गराउन सक्ने कम्पनीहरुलाई बोलपत्र मागको प्रक्रिया अगाडि बढाइसकेको छ । 

इच्छुक आवेदकहरुले विश्वविद्यालयको वेबसाइटमा गएर विस्तृत विवरण हेर्नसक्ने छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१