close

गुगल क्रोममा नयाँ फिचर, पेज नखोलेरै वेबसाइटका सामग्री हेर्न सकिने

टेकपाना टेकपाना

फागुन २७, २०७७ २१:७

गुगल क्रोममा नयाँ फिचर, पेज नखोलेरै वेबसाइटका सामग्री हेर्न सकिने

काठमाडौं । मोबाइल क्रोम ब्राउजरमा आएको पछिल्लो अपडेटमा ब्राउजरमा खुल्ने सम्पूर्ण ट्याबहरुको ग्रिड लेआउट एउटै ठाउँमा आएर बस्दथ्यो । हालै क्रोमले यसमा थप सानो अपडेट ल्याएको छ । 

यसअन्तर्गत अब तपाईंले ती प्रत्येक ट्याबका पेजहरुलाई पूर्णरुपमा नखोली पेजभित्र के छ भनेर प्रिभ्यूमा हेर्न सक्नुहुन्छ । पहिले देखा पर्ने सामग्रीमा केहीबेरसम्म थिचिरहँदा त्यहाँ ‘प्रिभ्यू पेज’ अप्सन देखा पर्छ ।

यो ‘ओपन इन इन्कग्निटो ट्याब’ र ‘कपी लिङ्क एड्रेस’ को बीचमा देखा पर्दछ । माथि सिरानीमा एउटा सम्बन्धित वेबसाइटको फेभिकोन, पेजको नाम र डोमेन हुन्छ ।

साथै विण्डोमा ओपन गर्न एउटा बटन पनि हुन्छ । प्रिभ्यू खोलिसकेपछि माथिल्लो दायाँ कुनामा रहेको एक्स (x) मा क्लिक गरेर वा ट्याबलाई तलतर्फ तानेर पनि त्यसलाई बन्द गर्न सकिन्छ । 

मोबाइलमा ट्याब व्यवस्थापन र कुन ट्याबलाई खोल्ने नखोल्ने भन्ने विषयमा हुने दुविधालाई यो पछिल्लो अपडेटले सम्बोधन गरेको छ ।

यो नयाँ प्रिभ्यू पेज १० मार्चदेखि क्रोम ८९ र सर्भर साइड अपडेटबाट एन्ड्रोइडमा रोलआउट भएको हो । गुगलले यो फिचरमाथि दुई वर्षदेखि काम गर्दै आइरहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१