close

भोज डिल्सको मेगा अनलाइन फुड फेस्टिभल, यस्ता छन् अफर

टेकपाना टेकपाना

फागुन २९, २०७७ १५:११

भोज डिल्सको मेगा अनलाइन फुड फेस्टिभल, यस्ता छन् अफर

काठमाडौं । नेपाली ईकमर्श प्लेटफर्म भोजडिल्स ले ६ दिने भोज कार्निभल स्प्रिङ मेगा अनलाइन फूड फेस्टिभल आयोजना गरेको छ । कम्पनीले आफ्नो एप मार्फत उक्त अनलाइन फुड फेस्टिभलको आयोजना गरेको हो । 

१२ मार्चदेखि १८ मार्चसम्म चल्ने यस कार्निभलमा भोज डिल्सको एप र वेबसाइटबाट खाद्यन्न अर्डर गर्ने प्रत्येक व्यक्तिले विभिन्न छुट र अफरहरुको लाभ उठाउन सक्ने संस्थाका वरिष्ठ मार्केटिङ प्रमुख प्रफुल्लराज श्रेष्ठले बताएका छन् ।

यो अनलाइन फेस्टिभलको लाभ काठमाडौं, भक्तपुर र ललितपुरका सेवाग्राहीहरुले लागि मात्र उठाउन सक्नेछन् । साथै ईसेवा र फोनपेबाट अनलाइन भुक्तानी गरेको खण्डमा ३० प्रतिशत क्यास ब्याकसमेत पाउन सक्ने छन् ।

साथै प्रत्येक ग्राहकले आफ्नो अर्डरमा भोज डिलसँग यस अनलाइन मेलामा साझेदारी गर्ने कम्पनीहरु पठाओ, कोक, टुपीएम नुडल्स र ब्लेन्डर्स मिल्कसेकमध्ये एउटाबाट सरप्राइज गिफ्ट पनि पाउन सक्ने छन् ।

महामारीमा खटिएका फ्रन्टलाइनर्सहरु प्रति समर्पित यस फेस्टिभलमा भोज डिलले विभिन्न फ्रन्टलाइनर्स जोन पनि छुट्याएको छ ।

यसका लागि भोज डिलले विभिन्न फुड अफर पनि ल्याएको छ । जसमा बाई वान गेट वान फ्रिमा एउटा अर्डर गर्दा एउटा निशूल्क पाउन सकिन्छ । यस्तै ९९ रुपैयाँमा एकजनाका लागि पर्याप्त भोजन । यस्तै ९९९ मा चार जनाका लागि पर्याप्त खाना रहेका छन् ।

यस्तै मेला अवधिभर विहान ११ बजेदेखि साँझ तीन बजेसम्म चल्ने फ्लास अफरमा सेवाग्राहीहरुले एक रुपैयाँदेखि ५० रुपैँयासम्मका खाना अर्डर गर्न सक्छन् । उक्त प्राइस रेन्जमा उपलब्ध हुने खानाको मूल्य सामान्य दिनमा औसत दुई सयदेखि तीन समयसम्म पर्ने श्रेष्ठले बताए ।

भोजडिल्सको फड कार्निभलको लाभ उठाउन चाहनेहरुले एप वा वेबसाइटमा दर्ता गरी खाना अर्डर गर्नु पर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१