close

नयाँ विण्डोज अपडेटपछि कम्प्युटर क्र्याश हुने समस्या, कसरी गर्ने फिक्स ?

टेकपाना टेकपाना

चैत १, २०७७ १०:१७

नयाँ विण्डोज अपडेटपछि कम्प्युटर क्र्याश हुने समस्या, कसरी गर्ने फिक्स ?

काठमाडौं । विण्डोजमा आएको नयाँ अपडेटपछि कम्प्युटरहरुमा कुख्यात ‘ब्लु स्क्रिन अफ डेथ’ इरर देखिन थालेको छ । नयाँ अपडेट पछि कम्प्युटरहरु प्रिन्टरसँग कनेक्ट गर्दा किसिमको समस्या देखिन थालेको हो ।

मार्चमा आएको विण्डोजको पछिल्लो अटोमेटिक सेक्युरिटी अपडेट (KB5000802) प्याकेजका कारण इरर कोड सहित विण्डोज टेन पूर्ण रुपमा क्र्याश हुने गरेको छ । जसमा ‘APC_INDEX_MISMATCH for win32kfull.sys’ उल्लेख भएको देखिन्छ ।

एकजना प्रयोगकर्ताले भनेका छन्, ‘क्योसेरा युनिभर्सल प्रिन्ट ड्राइभरमार्फत प्रिन्टिङ गर्दा यो अपडेट पछि ब्लु स्क्रिन देखिन थाल्यो ।’ यस किसिमको समस्या अन्य थुप्रै प्रयोगकर्ताले समेत भोग्नुपरेको छ ।

प्रयोगकर्ताले नोट प्याड, माइक्रोसफ्ट अफिस एप वा अन्य एपमार्फत परिन्ट गर्न खोज्दा विण्डोज टेन क्र्याश हुने गरेको छ । यस किसिमको समस्या क्योशेरा सहित रिको, जेब्रा लगायतका अन्य प्रिन्टर ब्राण्डमा समेत देखिएको छ ।

प्रयोगकर्ताहरुले रेडिटमा समेत यस किसिमको समस्या आएको रिपोर्टहरु गर्न थालेका छन् । कम्पनीको सपोर्ट पेजमा लेखिएको छ, ‘यो अपडेट इन्स्टल गरिसकेपछि तपाईंले केही निश्चित प्रिन्टरहरुमा प्रिन्ट गर्न खोज्दा निलो स्क्रिन सहित ‘APC_INDEX_MISMATCH’ इरर प्राप्त गर्न सक्नुहुन्छ ।

हामीहरु अहिले अनुसन्धानको क्रममा छौं र संभव भएसम्म थप जानकारी उपलब्ध गराउने छौं ।’ यो समस्या समाधान नभएसम्मका लागि तपाईंले मार्च २०२१ को प्याकेज अन इन्स्टल गरेर काम क्याशिङको समस्या हल गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईंले कनट्रोल प्यानलमा ‘Programs’ सर्च गरेर बायाँतर्फ रहेको ‘Programs and Feature’ अन्तर्गत ‘View installed updates’ मा जानुहोस् । यति गरिसकेपछि ‘Security Update for Microsoft Windows KB50000802’ अथवा ‘KB50000808’ को अनइन्स्टल बटनमा क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१