close

२९९ रुपैयाँमा स्मार्ट सेलको ४५ जीबी डेटा

टेकपाना टेकपाना

चैत १, २०७७ १३:२७

२९९ रुपैयाँमा स्मार्ट सेलको ४५ जीबी डेटा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले गत वैशाखमा ल्याएको लकडाउन प्याक आज आइतबारसम्म मात्रै लागू हुने जानकारी दिएको छ ।

३० दिनसम्म मान्य हुने यो प्याक ग्राहकले २९९ रुपैयाँ (करबाहेक) मा खरिद गर्न सक्छन् । यसअन्तर्गत ४५ जीबी डेटा प्राप्त गर्न सकिन्छ ।

ग्राहकले हरेक दिन बिहान ६ देखि बेलुकी ६ बजेसम्म लकडाउन प्याक प्रयोग गर्न पाउँछन् । याे डेटा प्याक सुचारु गर्न *१४१*७*१*१#  डायल गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१