close

कम्प्युटरमा पोर्न सामग्री फेला परेपछि स्कुल प्रमुखले दिए राजीनामा

टेकपाना टेकपाना

चैत १, २०७७ १६:३

कम्प्युटरमा पोर्न सामग्री फेला परेपछि स्कुल प्रमुखले दिए राजीनामा

काठमाडौं । कम्प्युटरमा पोर्न सामग्री रहेको पाइएपछि अमेरिकास्थित एरिजोना राज्यमा रहेकाे काेकाेनिनाे काउन्टी स्कुलका प्रमुखले राजीनामा दिएका छन् । ६७ वर्षीय टमी लुविसले आफ्नो कम्प्युटरमा अश्लील तस्वीरहरु राखेको फेला परेपछि सुपरिटेन्डेन्ट पदबाट राजीनामा दिएका हुन् ।

गत जनवरीको अन्त्यमा व्यक्तिगत कारणभन्दै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए । काउन्टीका प्रवक्ताले उनी सम्भावित आपराधिक गतिविधिका लागि अनुसन्धानमा रहेको जानकारी दिएका छन् ।

उनले स्कुलमा प्रयोग गर्ने फ्ल्यास ड्राइभमा अश्लील सामग्री फेला परेकाे हाे । उनकाे गतिविधिले एरिजोना काउन्टी स्कुलकाे नीति उल्लंघन गरेकाे भन्दै राजीनामा मागिएकाे थियाे ।

उनको कम्प्युटरमा किशोरीहरूको अश्लील फोटो फेला पर्नुका साथै अनलाइन हिस्ट्री र डाउनलोड अध्ययन गर्दा अश्लील क्रियाकलापमा लागेको भेटिएकाे अनुसन्धानबाट खुलेकाे छ ।

समाचार एजेन्सी एपीले टमी लुविससँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । तर उनले यसअघि काउन्टी स्कुल बोर्डलाई लेखेको ईमेलमा नीति उल्लंघन गरेपनि आफू अपराधी नभएको जिकिर गरेका छन् ।

-एपी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१