close

फोन गरेर पढ्न सकिने एनसेल अडियो क्लास, जहाँ पाइन्छ कक्षा ८ सम्मका सामग्री

टेकपाना टेकपाना

चैत २, २०७७ २०:१

फोन गरेर पढ्न सकिने एनसेल अडियो क्लास, जहाँ पाइन्छ कक्षा ८ सम्मका सामग्री

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पछिल्लो समय विभन्नि सेवाहरु आफ्ना प्रयोगकर्ता माझ उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कम्पनीले हालै ‘एनसेल अडियो क्लास’ सेवाको सुरुवात गरेको छ ।

इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) मा आधारित उक्त सेवामा कक्षा ८ सम्मका विभिन्न विषयको अध्ययन अडियो मार्फत गर्न सकिने छ । जसमा म्याथ, अंग्रेजी, साइन्स, सोसल स्टडी लगायतका विषयसँग सम्बन्धित सामग्री उपलब्ध छन् । ती विषयमा तपाईंले आफूलाई जान्न मन लागेको च्याप्टर छनौट गरी पढ्न सक्नुहुन्छ ।

यस्ता छन् प्याकेज

एनसेल अडियो क्लासका लागि कम्पनीका प्रयोगतर्काले १७१४४ डायल गरी सेवा लिनुपर्ने हुन्छ । कम्पनीका अनुसार यो सेवा विभिन्न प्याकेजमा उपलब्ध रहेको छ ।

जसमा ३ दिन र ७ दिनका लागि एकपटक र अटो रिन्यु हुने गरी कुल चार ओटा प्याकेज उपलब्ध छन् । त्यसमध्ये ३ दिन र ७ दिनको एक पटकका लागि क्रमशः ७ रुपैयाँ र १४ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

त्यस्तै ३ दिन र ७ दिनमा अटो रिन्यु हुने प्याक पनि क्रमशः ७ र १४ रुपैयाँमा लिन सकिन्छ । यसको अर्थ रिन्यु हुँदा तपाईंले लिनु भएको सेवाको शुल्क पुनः तिर्नुपर्ने हुन्छ ।

यी अडियो क्लास ३ दिनका लागि ५० मिनेट र सात दिनका लागि १०० मिनेटमा उपलब्ध छन् । यसका साथै कम्पनीले एक दिनका लागि ७ रुपैयाँमा ५० मिनेटको आईभीआर क्लास पनि उपलब्ध गराएको छ ।

आफूलाई आवश्यक प्याक खरिद गरी तपाईंले कक्षा १ देखि ८ सम्म कुनै पनि कक्षा छनौट गरी त्यसमा आफूले पढ्न चाहेको विषय भित्रको च्याप्टर रोजेर पढ्न सकिने कम्पनीले ज नाएको छ ।

कसरी लिने सेवा ?

कम्पनीका अनुसार प्रयोगकर्ताले यो सेवा १७१४४ मा डायल गरी प्राप्त निर्देशनहरु पालन गरी यो सेवा लिन सक्छन् । त्यस्तै प्रयोगकर्ताले *17144# डायल गरी उपलब्ध प्याकेज छनौट गर्न सक्ने सुविधा समेत रहेको छ ।

यसका अलावा प्रयोगकर्ताले १७१४४ मा एसएमएस गरेर पनि यो प्याक सुरु गर्न सक्छन् । त्यसका लागि यदि तपाईं ३ दिनमा अटो रिन्यु हुने प्याक लिन चाहानुहुन्छ भने AC1 टाइप गरी १७१४४ मा एसएमएस गर्न सक्नुहुन्छ ।

यदि ७ दिनमा अटो रिन्यु हुने प्याक लिन चाहानुहुन्छ भने AC2 टाइप गरी १७१४४ मा एसएमएस गर्नुपर्ने हुन्छ । त्यस्तै ३ दिनका लागि मात्रै उक्त प्याक लिन AC3 टाइप गरी १७१४४ मा एसएमएस गर्न सकिन्छ ।

७ दिनका लागि मात्रै सेवा लिन चाहनुहुन्छ भने AC4 टाइप गरी १७१४४ मा एसएमएस गर्न सक्नु हुनेछ । यदि तपाईंले लिएको सेवा सकिएको खण्डमा थप गर्न पनि सक्नुहुनेछ ।

सेवा सकिएको खण्डमा तपाईंले १७१४४ डायल गरी ७ रुपैयाँमा ५० मिनेटको सेवा थप गर्न सकिने कम्पनीले जनाएको छ ।

अनसब्स्क्राइब कसरी गर्ने ?

यसरी सब्स्क्राइब गरिएको भ्वाइस क्लास सेवा तपाईंलाई अनावश्यक लागेको खण्डमा बन्द गर्न पनि सक्नुहुनेछ । त्यसका लागि प्रयोगकर्ताले १७१४४ कल गरी दिइएका अप्सन मध्ये ‘अनसब्स्क्राइब’ का लागि भनिएको अंक डायल गर्नुपर्ने हुन्छ ।

कम्पनीका अनुसार १७१४४ मा ‘STOP’ लेखेर म्यासेज पठाएर तथा *17144# डायल गरी उपलब्ध अप्सन मध्ये ‘deactivate’ छनौट गरेर पनि सेवा बन्द गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१