close

भाइबरमा खल्तीसँग जोडिँदा आईफोन १२ जित्ने मौका

टेकपाना टेकपाना

चैत २, २०७७ १९:२

भाइबरमा खल्तीसँग जोडिँदा आईफोन १२ जित्ने मौका

काठमाडौं । नेपालको लोकप्रिय डिजिटल वालेट खल्तीले आफ्नो भाइबर कम्युनिटीमा ‘खल्तीमा आईफोन १२’ नामक अभियान सुरु गरेको छ । जसअन्तर्गत भाइबर कम्युनिटीमा जोडिँदा एक जना भाग्यशाली विजेताले आईफोन ट्वेल्भ जित्न सक्नेछन् ।

आफ्ना प्रयोगकर्तालाई विभिन्न माध्यमबाट जोड्ने खल्तीको योजना अन्तर्गत कम्पनीले अहिले ‘खल्तीमा आईफोन १२’ अभियान सुरु गरेको हो । यो अभियानमा एक जना भाग्यशाली बिजेता लक्की ड्र मार्फत छानिने छन् ।

यसका लागि खल्ती भाइबर कम्युनिटीमा जोडिएर सुरुमा खल्ती स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपश्चात खल्ती एपभित्र गई ‘खल्तीमा आईफोन १२’ सेक्सनबाट २० रुपैयाँको रिचार्ज गर्नुपर्ने हुन्छ ।

यति गरेसँगै तपाईं उक्त लक्की ड्रमा सहभागी हुन सक्नुहुनेछ । यति मात्र नभएर खल्तीले आफ्नो भाइबर कम्युनिटीमा क्विज र गिबअवे जस्ता थुप्रै रमाइला खेल पनि गरिरहेको हुन्छ । जसअन्तर्गत जो कोहीले कुपन तथा उपहार जित्न सक्नेछन् । यो अफर २८ मार्च अर्थात चैत १५ सम्म लागु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१