close

प्र्याङ्क कल गर्दै डिशहोम, ख्याल गर्नुहोस् झुक्किनुहोला

टेकपाना टेकपाना

चैत २, २०७७ १९:१९

प्र्याङ्क कल गर्दै डिशहोम, ख्याल गर्नुहोस् झुक्किनुहोला

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ मोरञ्जनात्मक कार्यक्रम ‘कमेडी क्याफे’ सञ्चालनमा ल्याएको छ । फागुन २२ गतेदेखि डिशहोमको रियालिटी टिभी च्यानल नम्बर १०२ मा हरेक शनिबार बेलुकी ७ बजे यो कार्यक्रम प्रसारण हुन थालेको हो ।

कम्पनीका अनुसार विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसँंगै फोन मार्फत सेलिब्रेटी, कलाकार र अन्य व्यक्तिहरुलाई प्य्राङ्क कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने गरेका छन् ।

यो हाँस्य टेलिश्रृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्रमा फोन उठाउने व्यक्तिलाई प्य्राङ्क गर्ने कम्पनीले जनाएको छ । यो कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१