close

गुगल प्लस कोडको प्रयोग अब सबै स्थानीय तहमा

टेकपाना टेकपाना

चैत ३, २०७७ १३:४०

गुगल प्लस कोडको प्रयोग अब सबै स्थानीय तहमा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका ७ सय ५३ वटै स्थानीय निकायहरुलाई गुगल प्लस कोड प्रयोगमा ल्याउन निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको हुलाक सेवा विभागले हालैमात्र हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगमा ल्याएको छ ।

त्यसैका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय निकायहरुलाई गुगल प्लसकोड प्रयोगमा ल्याउन निर्देशन दिएको हो ।

व्यवस्थित सहरीकरणले ठूला–ठूला बस्तीका घर र कार्यालयमा सहजै चिठीपत्र पुर्‍याउन नसकिने भएको भन्दै गुगलको माध्यमबाट प्रापकको घर वा कार्यालयसम्म पुर्‍याउने योजनाका साथ यसअघि हुलाक विभागले गुगल प्लस कोडको सुरुवात गरेको थियो ।

गुगल प्लस कोड प्रणालीअनुरुप विद्युतीय माध्यमबाट पनि प्रापकको यकिन ठेगान पहिचान गरी हुलाक सेवा वितरण गर्न सक्ने भएकाले यो हुलाक सेवाका लागि महत्वपूर्ण कदमको रुपमा लिइएको छ ।

उक्त कार्यविधि अनुसार सामान पठाउने व्यक्तिले उपलब्ध गराएको गुगल कोडका आधारमा सामान डेलिभरी गरिनेछ । यसका लागि हुलाकको कर्मचारीले मोबाइल फोनमा रहेको गुगल म्याप्स एप वा जीपीएस ट्रयाक गर्ने डिभाइसमार्फत सही स्थान पहिचान गरी हुलाक सामग्री पुर्‍याउने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१