close

५००० एमएएच ब्याट्री र ४ जीबी र्‍याम सहित माइक्रोम्याक्सको सस्तो फोन सार्वजनिक

टेकपाना टेकपाना

चैत ६, २०७७ १८:२२

५००० एमएएच ब्याट्री र ४ जीबी र्‍याम सहित माइक्रोम्याक्सको सस्तो फोन सार्वजनिक

काठमाडौं । भारतीय स्मार्टफोन निर्माता माइक्रोम्याक्सले हालै आफ्नो पछिल्लो स्मार्टफोन ‘माइक्रोम्याक्स ईन १’ सार्वजनिक गरेको छ । कम्पनीले सस्तो मूल्यमा आकर्षक फिचरका साथमा यो फोन ल्याएको बताएको छ ।

एन्ड्राेइड १० मा चल्ने यो फोनमा हेलियो जी८० चिपसेट प्रयोग गरिएको छ । त्यस्तै ६.६७ इन्चको फुल एचडी प्लस रिजोलुसन सहितको एलसीडी डिस्प्ले रहेको छ ।

४ जीबी र्‍याममा उपलब्ध यो फोनकाे ६४ र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट रहेको छ । यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ ।

त्यस्तै सेल्फी शुटर ८ मेगापिक्सेलको रहेको छ । सेल्फी क्यामेराका लागि बीचमा पन्च होल छ । यसमा १८ वाट चार्जिङ प्रविधि सहितको ५ हजार एमएएचको शक्तिशाली ब्याट्री राखिएकाे छ ।

यो फोन मार्च २६ देखि बिक्रीका लागि उपलब्ध हुने जनाइएको छ । यसको मूल्य ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको ९,९९९ भारतीय रुपैयाँ रहेको छ भने १२८ जीबी भेरियन्टको ११,९९९ भारतीय रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१