close

गरुड रकेटको पहिलो प्रक्षेपण परीक्षण, १० सेकेन्ड आकाशमा उडेपछि ‘क्र्यास’

टेकपाना टेकपाना

चैत ७, २०७७ १८:२९

गरुड रकेटको पहिलो प्रक्षेपण परीक्षण, १० सेकेन्ड आकाशमा उडेपछि ‘क्र्यास’

काठमाडाैं । नेपाली विद्यार्थीले तयार पारेकाे ‘गरुडा’ नामको रकेट आज धनुषाको भिमानमा प्रक्षेपण परीक्षण गरिएकाे छ । केही बेरअघि भएको प्रक्षेपणमा रकेट १० सेकेन्डसम्म आकाशमा उडेको थियो ।

करिब डेढ सय मिटर आकाशमा उडेपछि हावाकाे बहावका कारण रकेट ‘क्र्यास’ हुन पुगेको छ । याे रकेट १० हजार फिटमाथि पुग्ने अनुमान गरिएकाे थियाे । निर्माण टाेलीले नेपाली सेनासँगकाे सहकार्यमा एक महिनापछि पुनः रकेट प्रक्षेपण गर्ने योजना ल्याएको छ ।

‘१० सेकेन्डमै क्र्यास भयो । हावाकाे बहावका कारण रकेटले ‘पिक गेन’ गर्न सकेन । आजको अनुभवले हामीलाई धेरै सिकाएको छ । पुनः एक महिनापछि प्रक्षेपण परीक्षण गर्ने योजना ल्याएका छौं,’ टिम मेम्बर माेहन तामाङले टेकपानासँगकाे कुराकानीमा भने ।

यस्ताे रह्याे प्रक्षेपण

‘स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि विद्यार्थीले रकेट परीक्षण गरेका हुन् । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ओपन रकेट्री एन्ड स्पेस सोसाइटी (ओआरएएसएस नेपाल) ले प्रतिस्पर्धा गर्दै छ ।

याे पनि पढ्नुहाेस् :
रकेट उडाउने प्रतिस्पर्धामा नेपाली टोली

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१